होमपेज / समाज
इन्द्र बुढाथोकी जेठ १७,सल्यान
भेरी नदी किनारमा एक महिलाको शव फेला परेको छ । सुर्खेत सिम्ता गाउँपालिका ६ राकम स्थित भेरी नदीमा शव फेला परेको हो ।
शव सल्यान बनगाड कुपिण्डे नगरपालिका ३ पोखराकी अन्दाजी ४० वर्षकी पार्वती कामी रहेको ईलाका प्रहरी कार्यालय बादेपिपल राकम सुर्खेतले बताएको छ ।
यस्तै भेरी नदीमा पौडी खेल्न गएकी एक बालिका वेपत्ता भएकी छन् । बनगाड कुपिण्डे नगरपालिका ३ काराकी १४ वर्षीया गीता वि.क वेपत्ता भएकी हुन । मंगलबार दिउँसो नदीमा पौडी खेल्न गएकी उनी वेपत्ता भएकी हुन । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।





.jpg)