होमपेज / समाज
सरिता चलाउने वैशाख २५,सल्यान
सल्यानमा आचारसंहिता विपरितका प्रचारप्रसारका सामाग्री हटाइएको छ । जिल्लाका बिभिन्न ठाउँमा उम्मेदवारहरुले आचारसंहिता विपरित प्रयोग गरेका प्रचारप्रसारका सामाग्री हटाइएको हो ।
फिल्ड अनुगमन क्रममा देखिएका आचारसंहिता विपरितका सामाग्री हटाइउको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ । मुख्य निर्वाचन अधिकृत कुल प्रसाद पाण्डेले आचारसंहिता विपरीतका प्रचार सामाग्री हटाउन आग्रह गरे। अनुगमनका क्रममा उम्मेदवारहरु आफैले पनि आचारसंहिता विपरितका प्रचार सामाग्री हटाएको उनको भनाई छ ।
कपुरकोट गाउँपालिका देखि बागचौर नगरपालिक सम्मको अनुगमनका क्रममा आचार संहिता विपरितका प्रचारप्रसारका सामाग्री भेटिएको मुख्य निर्वाचन अधिकृत पाण्डेले बताए । सार्वजनिक स्थल, सवारी साधन, बजार क्षेत्रमा राखिएका प्रचार सामाग्री हटाइएको उनको भनाई छ ।





.jpg)