ट्रेण्डिङ

होमपेज / समाज

इलाका प्रहरी कार्यालय सल्लीबजारद्धारा अवैध घरेलु मदिरा नस्ट

  इन्द्र बुढाथोकी २०७९ बैशाख १७ गते शनिबार १७:४७:०३ मा प्रकाशित

इन्द्र बुढाथोकी वैशाख १७,सल्यान 

ईलाका प्रहरी कार्यालय सल्लीबजारले अवैध घरेलु मदिरा नस्ट गरेको छ । सल्लीबजारका विभिन्न  होटलहरुमा रहेको घरेलु मदिरा ५० लिटर र घरेलु मदिरा बनाउन लाई तयार पारिएको ३ सय लिटर घरेलु मदिरा नस्ट गरेको हो  ।

महिला हिंसा, घरेलु हिंसा तथा आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै अवैध घरेलु मदिरा नस्ट गरिएको प्रहरी इन्चार्ज भक्त बहादुर मल्लले बताए । 
बरामद भएको अवैध घरेलु मदिरा र त्यसमा प्रयोग हुने कच्चा पदार्थ बरामद गरी स्थानिय बुद्धिजीवी ,सर्वसाधारण तथा पत्रकारहरुको रोहवरमा नष्ट गरिएको छ ।

ईलाका प्रहरी कार्यालय सल्लीबजारले प्रत्येक महिनाको १५ गते बजार बन्द गर्ने देखि जथाभावी फालिएको फोहोर व्यवस्थापन गर्ने देखि बजार सरसफाइ गर्ने काम समेत गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top