ट्रेण्डिङ

होमपेज / समाज

प्रहरीको सक्रियतामा सल्लीबजार सरसफाइ

  इन्द्र बुढाथोकी २०७९ बैशाख १६ गते शुक्रबार १६:२९:१६ मा प्रकाशित

इन्द्र बुढाथोकी  सल्यान १६ बैशाख ।

 सल्यानको  बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार बिहिवार सरसफाइ गरिएको छ । ईलाका प्रहरी कार्यालय देवस्थलको टोलिले  बजार सरसफाइ गरेको हो ।  

सामुदायिक प्रहरी साझेदारी अभियान कार्यक्रम अन्तर्गत नियमित रुपामा हरेक महिनाको १५ गते बजार सरसफाइ  गर्ने कार्यक्रम अनुसार बजार सरसफाई गरिएको प्रहरी इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक दत्त बहादुर मल्लले जानकारी दिए ।  

फोहोरको डंगुरमा फसेको सल्लीबजारलाई इलाका प्रहरी कार्यालय सल्लीलेको सक्रियतामा सरसफाइको प्रयास गरेको छ । झ्वाट हेर्दा यो बजार अत्यन्तै सुन्दर छ जति भित्र पस्यो उति दुर्गन्धित समेत रहेको छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका मुख्य व्यापारी केन्द्र तथा रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, डोल्पा लगाएत जिल्लाको नाका भएको  सल्लीबजार सधै दुर्गन्धित बन्दै गएको छ । प्रहरी सक्रियतामा अब हरेक महिनाको १५ गते बजार बन्द गर्ने देखि बजारलाई सुन्दर बनाउन सरसफाइ गरिने भएको छ ।सल्लीबजार जस्तोसुकै कडा बन्द भएपनि बजार बन्द गर्न नमान्ने यहाँका व्यापारीले प्रत्येक महिनाको १५ गतेलाई बजार बन्द गर्ने भएका छन् ।

घरको फोहोर नाली र घर पछाडी फाल्न जानेका व्यापारी भने  रमिते बनेर हेरेका छन भने यस बजारमा अहिले म्म एउटा बजार व्यवस्थापन समिति बन्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top