ट्रेण्डिङ

होमपेज / समाज

निर्माण व्यवसायीद्धारा जिल्ला प्रशासन कार्यालय सल्यानमा धर्ना

  सरिता चलाउने २०७९ बैशाख १४ गते बुधबार १६:३१:५३ मा प्रकाशित

सरिता चलाउजे वैशाख १४,सल्यान 
नेपाल निर्माण व्यवसायी संघ सल्यानले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । निर्माण सामाग्रीमा भएको अप्रत्यासीत र  अत्याधिक मुल्यबृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय बुधबार धर्ना दिएको हो । 

अत्याधिक मुल्यबृद्धिमा म्याद थप,सार्वजनिक खरिद नियमावली २०६४ को एघारौ संशोसधनका केही प्राधवानमा भएको त्रुटी, बिमा निर्देशिका लगायतको बिरोधमा शान्तिपुर्ण धर्ना गरिएको नेपाल निर्माण व्यवसायी संघ सल्यानका महासचिव जिमज्याङ राईले बताए । सरकारलाई पटक पटक ध्यानाकर्षण गराउदा पनि सुनुवाई नभएको हुँदा देशभर शान्तिपुर्ण बिरोधका कार्यक्रमहरु गरेको उनको भनाई छ । 

 निर्माण सामाग्रीमा भएको अत्याधिक मुल्य बृद्धि र पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिका कारण  काम नै गर्न नसक्ने अवस्था आएपछि बिरोध प्रदर्शनका कार्यक्रम अगाडी बढाइएको निर्माण व्यवसायी डिल्ली केसीले बताए । अहिले सामान्य धर्नाका कार्यक्रम गरेको र यदि सरकारले सुनुवाई नगरेमा देशभर  बिकास निर्माण काम ठप्प पारेर आन्दोलनका कार्यक्रम अगाडी बढाउने निर्माण व्यवसायी केसीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top