होमपेज / समाज
वैशाख २,सल्यान
भूमिको बढ्दो खण्डीकरण र जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउन सल्यानमा चक्लाबन्दी खेतीलाई जोड दिइएको छ । खेतीयोग्य जमिन खण्डीकरण गरेर खेती गर्न कठिन र साँध सिमाना थपिँदै जाँदा खेतीयोग्य जमिन समेत घट्दै जान थाले पछि खख्लाबन्दी कार्यक्रम सुरु गरिएको हो ।
स साना जमिनलाई एकीकृत गर्दै सामूहिक तरिकाबाट खेती प्रणाली अघि बढाउँदै थोरै लगानीमा धेरै उत्पादन लिने उद्देश्यका ले चक्लाबन्दी कार्यक्रमलाई अघि बढाएको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजनाले जनाएको छ । बन्गाड कुपिण्डे नगरपालिकाका १,४,५,६ र ७ मा चक्लाबन्दीको कार्यक्रम गरिने र पहिलो चरणमा वडा न ४ को डोप्केमा सुरु गरिएको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजनाका जिल्ला संयोजक दिगम्बर दाहालले जानकारी दिए ।
बनगाड कुपिण्डे नगरपालिकाका वडा नम्बर १,४,५,६ र ७ मा जम्मा १ करोड ६७ लाख मध्य ७४ लाख ४५ हजारको बजेटबाट गरा सुधार गरिने उनको भनाई छ । डोप्केबाट काम सुरु भएको र बिस्तारै यी ५ वडामा नै सुरु हुने उनको भनाई छ । खेर गएको जमिनलाई सदुपयोग गरी माटो पानी संरक्षण गरी कृषि उत्पादनमा जोड दिने उनले बताए । उनले भने ‘कार्यक्रम लागू भएसँगै कृषिमा हुँदै आएको लागत घट्ने, खेतबारी बाँझो नहुने, सामूहिक रूपमा गर्दा सहज हुने, आधुनिक कृषि यन्त्र उपकरणको प्रयोग गरी लागत कम गर्न सकिने, जमिनको खण्डीकरण रोकिने र रोजगारीका अवसर सिर्जना हुनेछन् ’।
सुधार गरिएको गराहरूमा जीविकोपार्जनका लागि उपयोगी जस्तै कृषि उत्पादन, फलफूल बिरुवा, अम्रिसो, नेपियर, निगालो, डालेघांस जस्ता प्रजातिको रोपण गरिने दाहालले बताए ।
खेती प्रणालीलाई व्यवस्थित गर्न र बाँझो जमिनलाई सदुपयोग गर्न स्थानीय तह तयार रहेको बनगाड कुपिण्डे – ४ का वडाध्यक्ष मोमत रोकाले बताए ।
पहाडी भूःसंरचना र सम्भावनालाई हेर्दा जमिनको भन्दा बालीको चख्खाबन्दी गर्न उपयुक्त देखिएको उनको भनाई छ । उनले भने ‘बाँझोमा परिनत भएको खेतीयोग्य भूमि उपयोगमा ल्याउने र अन्य प्रयोजनका लागि अतिक्रमण हुन नदिई भूमिको जर्गेना, बाँझो र खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने सरकारको नीति छ ।’ कृषि उत्पादन तथा व्यवसायीकरण तर्फ हुने अन्य कार्यक्रमलाई समेत चक्लाबन्दी कार्यक्रमसँग आबद्ध गर्न सकियो भने उत्पादनमा वृद्धि आउने वडाध्यक्ष रोकाको भनाई छ ।





.jpg)