ट्रेण्डिङ

होमपेज / समाज

डढेलो नियन्त्रण गर्न सल्यानमा पूर्व तयारी तीव्र (फोटो फिचर)

  सरिता चलाउने २०७८ चैत्र २५ गते शुक्रबार १५:१९:२५ मा प्रकाशित

सरिता चलाउने चैत २५,सल्यान 

सल्यानमा वन डढेलो नियन्त्रण गर्न पूर्व तयारी गरिएको छ । वनमा डढेलोबाट हुने क्षति रोक्न पूर्व अभ्यास थालिएको हो । गर्मी याम सुरु भएसँगै वनमा हुने आगलागी नियन्त्रण गर्न अभ्यास थालिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । 

डिभिजन वन कार्यालयको आयोजनामा भएका अभ्यासमा वनमा डढेलो लाग्न नदिन, लागी हाले कसरी नियन्त्रणमा लिने भन्ने बारेमा अभ्यास गरिएको डिभिजन वन कार्यालयका प्रमुख रमेश गिरीले बताए । आगलागीका विभिन्न कारणले वन हुने क्षति रोक्न पूर्व सजगता अपनाइएको उनको भनाई छ । डढेलो लागे त्यसको नियन्त्रण कसरी गर्ने भन्नेबारे प्रत्यक्ष रुपमा जानकारी गराउन स्थलगत अभ्यास गराइएको बताए ।

गर्मी तथा सुख्खा याम सुरु भएसँगै वन क्षेत्रमा हुने वन डढेलो नियन्त्रणका लागि अभिमुखीकरण गरिएको हो । अभिमुखीकरणमा वन डढेलोको कारकतत्व, कारण, व्यवस्थापन, रोकथाम र नियन्त्रणबारे जानकारी गराइएको थियो ।आगलागीबाट वन र मानव जीवनमा समेत क्षति हुने भएकाले गर्मी याममा जथाभाबी प्रज्वलनशील बस्तु नफाल्न आग्रह गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top