ट्रेण्डिङ

होमपेज / समाज

मृगौला पीडित विकलाई भारतबाट आर्थिक सहयोग

  इन्द्र बुढाथोकी २०७८ चैत्र ९ गते बुधबार १५:३४:१० मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान ९ चैत्र
सल्यानको बनगाड कुपिण्डे नगरपालिका ३ बाझकोटका  ४५ वर्षीय मोहन विकलाई भारतको अहम्दाबाद ४९ हजार ८  सय ४० रुपैया आर्थिक सहयोग गरिएको छ ।

  दुबै मृगौला फेल भएर उपचारमा आर्थिक समस्या भएको विभिन्न समाचार माध्यममा सुने पछि रोजगारीको लागि भारत गएका विभिन्न जिल्लाका नेपालीहरुले सल्यान एकता समाज अमदाहाबाद नेपालको पहलमा रकम पठाएको खुमबहादुर खड्काले बताएका छन । 

दुई वटै मिर्गौला फेल भएका कामीको काठमाण्डौ स्थित वीर अस्पतालमा जीवन मरणको दोसाँधमा रहेका  छन् । आर्थिक अवस्था कमजोर भएका कामीले आफूसँग भएको चार लाख सकिएपछि थप उपचारमा समस्या भएको बताए । 

एक वर्ष देखि नेपालगन्जमा उपचार गराइ रहेका कामीको काठमाण्डौमा चेकजाँच गर्दा दुई वटै मिर्गौला फेल भएको रिपोट आएको उनका छोरा राजेन्द्र विकले बताए । नेपालगन्जमा अन्य रोगको उपचार गरियो नेपालगन्जमै भएभरको पैसा सकियो । बिरामी ठिक नभएपछि थप उपचारका लागि काठमाडौँ वीर अस्पतालमा ल्याउँदा दुई वटै मिर्गौला फेल भएको रिपोट आयो छोरा विकले बताए । आर्थिक अभाव हुँदा नियमित डायलासिस गर्न समस्या भइरहेको उनको भनाई छ ।

आफूलाई बाँच्ने इच्छा छ, परिवारसँग बस्ने मन छ , सानै भए पनि सहयोग गरिदिनु होला कामीले बताए । उनले आफूलाई बचाई दिन सबैमा आग्रह गरेका छन् । सहयोग गर्न चाहने सहयोगीदाताहरूले राजेन्द्र विकको लक्ष्मी बैङ्क सल्लीबजारको खाता न ०६९२०००८८५४ मा आर्थिक सहयोग गर्न सकिने विकले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top