होमपेज / समाज
सरिता चलाउने चैत ३,सल्यान
सल्यानमा जिल्ला कृषि गणना कार्यालय स्थापना गरिएको छ राष्ट्रिय कृषि गणना २०७८ को लागि सल्यान खलङ्गाको बिहीबार डाँडागाउँमा कार्यालय स्थापना गरिएको हो । यो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस पटक आगामी वैशाखमा कृषि गणना गर्ने तयारी छ ।
विगतमा जिल्ला स्तरमा मात्र कृषि गणना हुँदै आएकोमा स्थानीय तहको समेत कृषि तथ्याङ्क उपलब्ध गराउने गरी जिल्लाका १० वटा स्थानीय तहका कृषक र कृषिको अवस्थाको बारेमा कृषि गणना गरिने जिल्ला कृषि गणना अधिकृत गङ्गाबहादुर घर्ती मगले बताए ।
उनका अनुसार महिलाको नाममा रहेको जग्गा, कृषि बिमा तथा अनुदान, कृषिमा जलवायु परिवर्तनले पुु¥याएको असर, बालीमा विषादीको प्रयोग,कृषि बालीको अवशेष तथा कृषि कार्यबाट सृजित फोहरको व्यवस्थापन, कृषि वन तथा हरित, कृषि प्रणालीको अभ्यास तथा सरकारी सेवा सुविधामा कृषकको पहुँच कस्तो छ भन्ने विषयलाई गणनामा समेटिने छ ।
यसबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा मुलुकलाई आवश्यक पर्ने तथ्याङ्क उपलब्ध हुने भएको छ । कृषकले कृषि प्रयोजनमा ऋण लिएको भए त्यसको समेत विवरण सङ्कलन गरिने कृषि गणना अधिकृत घर्ती मगले बताए ।
यो गणना सातौँ कृषि गणना भएको कार्यालयले जनाएको छ ।





.jpg)