ट्रेण्डिङ

होमपेज / समाज

युवा क्लबद्वारा सल्लीबजार सरसफाइ

  इन्द्र बुढाथोकी २०७८ फाल्गुण २८ गते शनिबार १९:१७:१६ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान, २८ फागुन ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका १  सल्लीबजारमा  युवाहरूले बजार सरसफाइ गरी रचनात्मक कार्य गरेका छन् । जनसन्देश युवा क्लबले जथाभाबी फोहोर फाल्दा दुर्गन्धित  बनेको बजार सरसफाइ गरेका हुन ।  यहाँका युवाहरूले  जथाभाबी फोहर नफाल्न सचेतना अभिवृद्धि गराउँदै शनिवार बजारका मुख्य मुख्य चौक देखि केही नालीहरूको फोहोर सफाइ गरेका हुन  ।

जनकल्याण युवा क्लब सल्लीबजारको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो । यहाँका युवाहरूले रचनात्मक काम गरी राजनीतिका नामका सामाजिक सञ्जालमा मात्रै नेताहरूसँग सेल्फी हानेर यो गरियौ, उ गरियौ भनेर फगत काम गरिरहेकालाई रचनात्मक काम गरी चुनौती दिएका छन् ।

 समाजमा राजनीतिका नाममा द्वन्द्व सिर्जना गर्ने होइन, राजनीतिमा लागेका युवाहरूले यस्तै रचनात्मक काम गर्ने हो, के का युवा सङ्गठन, उपभोक्ता समितिमा बसेर मात्रै राज्य दोहन गर्ने, समुदायमा रचनात्मक भूमिका खेल्नुको सट्टा धमिलो पानीमा माछा मार्ने काम बन्द गर्न युवा रोशन बिसीको आग्रह  छ ।

राम्रो काममा हातेमालो गरौँ, नराम्रो काम त्यागौँ, केही समय अघि क्लबले राखेको बजारका चोक चोकका डस्वीनहरु समेत हराउन थालेका छन् । केही समय अघि क्लबले बजारका विभिन्न क्षेत्रमा फोहर राख्नका लागि प्लास्टिक जन्य ड्रमहरू राखेको थियो ।

क्लब अध्यक्ष सन्देश यरीको अगुवाइमा युवाहरू रोशन बिसी, प्रशान्त साहु, दीपेन्द्र शाही, केशव बस्नेत र मीनराज डिसी लगायतका ४० बढी युवाहरूले बजार सरसफाइ गरेका हुन । 

बजारका नालीहरू खोल्नु पर्ने, सडकका नाली मिचेर पसल थाप्ने, नालीमा फोहोर थुपार्नेहरूलाई नगरले हालसम्म कुनै नीति ल्याउन नसकेको बताएको छ । युवाहरूले बजार सरसफाइ गरेर उदाहरणीय काम गरेका छन् । बजार सरसफाइका साथै बजारमा जथाभाबी फोहोर नफ्याँक्न अनुरोधसमेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top