ट्रेण्डिङ

होमपेज / समाज

मानव अधिकार रक्षक सञ्जाल सल्यानको संयोजकमा पुन

  सरिता चलाउने २०७८ फाल्गुण १६ गते सोमबार १९:४५:४० मा प्रकाशित

सरिता चलाउने सल्यान १६, फागुन ।
जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल सल्यानको संयोजकमा बुद्धि पुन चयन भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा सोमबार खलंगामा सम्पन्न अधिकारकर्मीहरुको भेलाले पत्रकारिताको क्षेत्रबाट विभिन्न सवालहरु पहिचान गरी अधिकारको क्षेत्रमा कृयाशिल पुनको संयोजकत्वमा १५ सदस्यीय नयाँ कार्य समिती चयन गरेको हो । 

जसको सहसंयोजकद्धयमा प्रकाश नेपाली र सिता गिरी, सदस्यहरुमा गुमान सिंह नेपाली, तोरण बुढाथोकी, सुकदेव कसेरा, सोविता बस्नेत, मुना हमाल, सरिता चलाउने, विष्णु शर्मा, रामचन्द्र रेग्मी, यज्ञ विक, शान्तीप्रभा पुरी, करेश्मा गिरी रहनु भने सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकी  रहेका छन्  । 

आर्थिक, सामाजिक र जातीय तथा लैंगिक रुपले पछाडी पारिएका समुदायको अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाई पिडकलाई कार्वाहीको दायरा सम्म पु¥याउने उद्धेश्यका साथ गठित सञ्जालको एक वर्षपछि पुर्नगठन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top