ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको बनगाडमा आगलागी सम्बन्धी सञ्जाल तथा सचेतना कार्यक्रम सम्पन्न

  इन्द्र बुढाथोकी २०७८ फाल्गुण १३ गते शुक्रबार १६:३१:२३ मा प्रकाशित

इन्द्र बुढाथोकी फागुन १३,सल्यान 

आगलागी नियन्त्रण गर्नको लागि सब डिभिजन स्तरीय आगलागी सम्बन्धी सञ्जाल तथा सचेतना कार्यक्रम गरिएको छ । बनगाड कुपिण्डे सब डिभिजन वन कार्यालय सल्लीबजार सल्यानको आयोजनामा सब डिभिजन स्तरीय आगलागी सम्बन्धी सञ्जाल तथा सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा श्री पातल सामुदायिक वनका अध्यक्ष नरेश बुढाथोकीको संयोजकत्वमा १५  सदस्यीय सब डिभिजन स्तरीय आगलागी सम्बन्धी सञ्जाल पनि गठन गरिएको छ भने वडा स्तरीय आगलागी नियन्त्रण सम्बन्धी सञ्जाल समेत गठन गर्ने निर्णय गरेको छ । साथै आगलागी नियन्त्रण सम्बन्ध सामाग्री  डिभिजन वन कार्यालय सङ्ग माग्ने निर्णय समेत गरिएको छ ।उक्त सामाग्री न्युनआय भएका र आगलागीको जोखिम भएका समूहलाई  वितरण गरिने बताएको छ । गर्मी समय बढ्दै जान थाले पछि  आगलागीको घटना पनि बढ्ने भएकोले आगलागी सम्बन्धी सञ्जाल गठन गरिएको सब डिभिजन वन कार्यालय सल्लीबजार प्रमुख देवेन्द्र महतले बताउनु भएको छ । कार्यालयका अनुसार जिल्लाका सबै स्थानमा आगलागी सम्बन्धी सञ्जाल गठन गरिने जनाएको छ ।

बनगाड कुपिण्डे सवडिभिजन बाट सञ्चालन गरिने गरी गठन भएको सञ्जालले आगलागी सम्बन्धी जनचेतना जगाउने र आगलागी भई हालेमा नियन्त्रणको लागि सामुदायिक वन उपभोक्तालाई सक्रिय बनाउने डिभिजन वन प्रमुख रमेश कुमार गिरीले बताए । यस्तै सरोकारवाला निकाय, स्थानीय तह, विभिन्न सङ्घ संस्था सित पनि समन्वय गरी आगलागी नियन्त्रणमा सहयोग पुर्‍याउन भूमिका खेल्ने बताए । 

जिल्लामा बर्सेनि आगलागीका घटना भई रहेकाले सबै सवडिभिजन भित्रमा सञ्जाल गठन गर्ने, वन उपभोक्ता समूह भित्र आगलागी नियन्त्रण सम्बन्धी सञ्जाल गठन गर्ने, जिल्ला जनचेतना जगाउने लगायतका कार्यक्रम गर्ने डिभिजन वन प्रमुख गिरीको भनाई छ

प्रतिक्रिया

सम्बन्धित खवर

Top