होमपेज / समाज
सरिता चलाउने फागुन ११,सल्यान
सुख्खा मौसम सुरुसँगै हुने सक्ने आगलागी, डढेलोलाई लक्षित गरी सल्यानमा सचेतनामूलक कार्यक्रम गरिने भएको छ । बुधवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा हुन सक्ने डढेलोको रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
डढेला नियन्त्रणका लागि डिभिजन वन कार्यालय, सल्यान मार्फत सामुदायिक उपभोक्ताहरूको सञ्जाल बनाई सचेतनामूलक कार्यक्रमहरू प्रकाशन प्रसारण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए । । कार्यालयले स्थानीय सुरक्षा समिति, सुरक्षा निकाय लगायत सरोकारवालाहरूको समन्वय र सहभागितामा सबै स्थानीय तहमा डढेलो नियन्त्रण सम्बन्धी नमुना अभ्यास तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । साथै यस वर्षको कात्तिक महिना देखी हालसम्म विभिन्न ३२ जना विपद् पीडितलाई पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड बमोजिम वितरण गरिएको राहत रु ५लाख ५८हजार ५००। समेत अनुमोदन गरेको आचार्यले बताए ।
उक्त बैठकमा आगलागीजन्य विपद् प्रभावित, निजी आवास पुनः निर्माण तथा पुनर्स्थापना अनुदान कार्य विधि, २०७८ तथा मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनः निर्माण तथा पुनर्स्थापना अनुदान कार्य विधि, २०७७ का प्रावधान तथा त्यसको कार्यान्वयन विषयमा समेत छलफल भएको छ ।





.jpg)