होमपेज / समाज
फागुन ११,सल्यान
सल्यानको त्रिवेणी गाउँपालिका – १ कोलचौरमा एक दिने पशु शिविर सम्पन्न भएको छ । गाउँपालिकाको पशु सेवा शाखाले बुधवार कोलचौरमा पशु शिविर सम्पन्न गरेको हो ।
उक्त शिविरमा बाख्रा, कुखुरा, बङ्गुर, गाई गोरु, कुकुर बिरालोलाई उपचार गरिनुका साथै निःशुल्क औषधी समेत वितरण गरिएको छ । शिविरमा ८१ कृषकका ५सय ९१ बाख्रा, १ सय २३ गाई गोरु, ५ सय ९२ कुखुरा, ४२ बङ्गुर र २० कुकुर बिरालोलाई रेबिज खोप, उपचार तथा निःशुल्क औषधी वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखाका प्रमुख वसन्त रावतले जानकारी दिए ।
शाखाको सेवा क्षेत्र भन्दा टाढा रहेका बस्तीहरूमा पशु सेवा शाखाको पहुँच पुर्याउने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको रावतको भनाई छ । शिविरमा किसानहरूलाई पशुहरूमा लाग्ने रोग सम्बन्धी प्रवर्द्धनात्मक ज्ञान दिने काम पनि भएको उनले बताए । उनले भने ‘पशुमा लाग्ने रोगका बारेमा किसानलाई खासै ज्ञान हुँदैन । यसका लागि गाउँपालिकाको नीति तथा कार्यक्रममा नै जोड दिइएको छ ।’
यस प्रकारका शिविरहरू पशु पालक किसानका लागि आवश्यक रहेको १ न वडाध्यक्ष छविलाल खत्रीले बताए । शिविरमा किसानहरूका पशुको स्वास्थ्य परीक्षण, उपचार र औषधी वितरण गर्ने काम भएको उनले बताए ।
यस प्रकारको पशु शिविर वडा न ५ को सिक्क र वडा न ४ को फलावाङ पनि सञ्चालन गरिने पशु सेवा शाखा कार्यालयले जनाएको छ ।





.jpg)