ट्रेण्डिङ

होमपेज / समाज

समाचार प्रभावः सल्यानका दुई विद्यालय मर्मत

  सरिता चलाउने २०७८ फाल्गुण ७ गते शनिबार १८:३८:४४ मा प्रकाशित

सरिता चलाउने फागुन ७,सल्यान 
हावाहुरीले छाना उडाएको र कक्षा कोठा खाल्डाखुल्डी परेको लामो समयसम्म मर्मत हुन नसकेका सल्यानका दुई विद्यालय मर्मत भएका छन । एक महिना अघि अनलाइनमा विद्यालयको अवस्था बिजोग भन्ने समाचार प्रशारण भएपछि यी दुई विद्यालय मर्मत गरिएको हो । 

जिल्लाको शारदा नगरपालिका –१० पैयाखर्कमा रहेको जनता प्राथामिक विद्यालय र   ९ मा रहेको कृष्ण आधारभुत विद्यालयलाई शारदा नगरपालिकाले मर्मत गरिदिएको छ  । 
जनता प्राथामिक विद्यालयको छाना हावाहुरीले उडाएको दुइ बर्ष हुँदा पनि मर्मत हुन सकेको थिएन भने कृष्ण आधारभुत विद्यालय र  खाल्डाखुल्डी परेको थियो भने विद्यार्थीहरु बस्ने बेन्च पनि थिएनन ।

अनलाइनमा समाचार प्रशारण भएपछि अहिले यी दुबै बिद्यालयमा छाना र भुई मर्मत गरिएको छ भने बस्ने बेन्चको पनि व्यवस्था गरिएको छ । 
पैयाखर्कमा रहेको जनता प्राथामिक बिद्यालयमा तीन लाखको लगानीमा छाना मर्मत गरिएको छ । कृष्ण आधारभुत बिद्यालयको कक्षाकोठाका खाल्डाखुल्डी पुरिएको छ भने विद्यार्थीहरु बस्ने बेन्च पनि व्वस्था गरिएको ति बिद्यालयहरुले जनाएका छन ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top