होमपेज / समाज
सरिता चलाउने फागुन ६,सल्यान
आगलागी नियन्त्रण गर्नको लागि सब डिभिजन स्तरीय आगलागी सम्बन्धी सञ्जाल तथा सचेतना कार्यक्रम गरिएको छ । डिभिजन वन कार्यालय सल्यानको आयोजनामा मौलोहाले सल्यानमा सब डिभिजन स्तरीय आगलागी सम्बन्धी सञ्जाल तथा सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मान बहादुर केसीको संयोजकत्वमा १३ सदस्यीय सव डिभिजन स्तरीय आगलागी सम्बन्धी सञ्जाल पनि गठन गरिएको छ । गर्मी समय बढ्दै जान थाले पछि आगलागीको घटना पनि बढ्ने भएकोले आगलागी सम्बन्धी सञ्जाल गठन गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका सबै स्थानमा आगलागी सम्बन्धी सञ्जाल गठन गरिने जनाएको छ ।
दार्मा, कुमाख सवडिभिजनबाट सञ्चालन गरिने गरी गठन भएको सञ्जालले आगलागी सम्बन्धी जनचेतना जगाउने र आगलागी भई हालेमा नियन्त्रणको लागि सामुदायिक वन उपभोक्तालाई सक्रिय बनाउने डिभिजन वन प्रमुख रमेश गिरीले बताए । यस्तै सरोकारवाला निकाय, स्थानीय तह, विभिन्न सङ्घ संस्था सित पनि समन्वय गरी आगलागी नियन्त्रणमा सहयोग पु¥याउन भूमिका खेल्ने बताए ।
जिल्लामा बर्सेनि आगलागीका घटना भई रहेकाले सबै सवडिभिजन भित्रमा सञ्जाल गठन गर्ने, वन उपभोक्ता समूह भित्र आगलागी नियन्त्रण सम्बन्धी सञ्जाल गठन गर्ने, जिल्ला जनचेतना जगाउने लगायतका कार्यक्रम गर्ने डिभिजन वन प्रमुख गिरीको भनाई छ





.jpg)