ट्रेण्डिङ

होमपेज / समाज

बनगाड कुपिण्डे नगरपालिकाले थप एक एम्बुलेन्स खरिद गर्‍यो

  इन्द्र बुढाथोकी २०७८ फाल्गुण ४ गते बुधबार १२:२७:१७ मा प्रकाशित

इन्द्र बुढाथोकी फागुन ४,सल्यान 
सल्यानको  बनगाड कुपिण्डे नगरपालिकाले थप एक एम्बुलेन्स खरिद गरेको छ । नगरबासीलाई छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यका साथ ख वर्गको अत्यावश्यक मेडिकल सामाग्री सहित सुविधा सम्पन्न एम्बुलेन्स ल्याइएको नगरपालिकाले जनाएको छ । 

११ लाख ३० हजारमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको ७० प्रतिशत र बनगाड कुपिण्डे नगरपालिकाको ३० प्रतिशतमा लगानीमा एम्बुलेन्स खरिद गरिएको नगरपालिका सूचना अधिकारी धर्मराज ढकालले जानकारी दिए ।

नगरपालिकाको ३० प्रतिशत अर्थाएत १६ लाख ३० हजारमा एम्बुलेन्स खरिद गरिएको उनको भनाई छ ।  बनगाड कुपिण्डे नगरपालिका सेवा दिने उदेश्यले थप एम्बुलेन्स खरिद गरिएको उनले बताए । ख बर्गको सुबिधा बनाउनको लागि नगरपालिकाले थप ५ लाख रकम बिनियोजन गरि १६ लाख ३० हजारमा रकममा ल्याएको उनले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top