होमपेज / समाज
इन्द्र बुढाथोकी माघ २७ सल्यान ।
सुरक्षित आप्रवासन (सामी) परियोजनाले सल्यानको सल्लीबजारमा बिहीबार सामुदायिक अगुवाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । डेब्लपमेन्ट सोसाइटी नेपाल सल्यानको आयोजना र सुरक्षित आप्रवासन (सामी( परियोजना सल्यानले अन्तरक्रिया कार्यक्रम सम्पन्न सम्पन्न गरेको हो ।
आप्रवासन असर तथा प्रभाव साथै आप्रवासी कामदारहरूलाई सामाजिक बहिष्करण प्रभाव न्यूनीकरणका क्षेत्रमा उक्त संस्थाले बनगाड कुपिण्डे नगरपालिका, अन्य क्षेत्रहरूमा काम गरिरहेको छ। साथै सुरक्षित आप्रवासन (सामी) नेपाल सरकार र स्विस सरकार बिच सञ्चालित परियोजना हो । यो परियोजनाले श्रम, रोजगार, सीप, सामाजिक सुरक्षा जस्ता क्षेत्रमा काम गरिरहेको छ । वैदेशिक रोजगारमा गएका घरमा रहेका श्रीमतीहरू माथिको सामाजिक बहिष्करण, उनीहरू प्रति हेर्ने दृष्टिमा परिवर्तन ल्याउनुपर्ने कुरामा जोड दिएको छ ।
वैदेशिक रोजगारीका क्षेत्रमा पुगेका व्यक्ति, घर परिवारलाई मनोपरामर्श र विद्यमान यो परिस्थितिलाई न्यूनीकरणका लागि संस्थाको भूमिका महत्त्वपूर्ण रहेको कुरा जनाएको छ । वैदेशिक रोजगारीबाट सृजित समस्या ॠण, ठगी, जेल शोषण, अलपत्र, अङ्गभङ्ग, पारिवारिक बेमेल, छोड पत्र, विखण्डन, सामाजिक लाञ्छना, मानिस तनाव, बालबच्चा र वृद्धहरूको हेरचाहमा समस्या समाज हाल यस्तै समस्या देखिन्छ । साथ साथै वैदेशिक रोजगारीले गरिबी न्यूनीकरण, निमिट्यान्न लगायतका क्षेत्रमा भार समेत थामेको जनाएको छ।
सामुदायिक अगुवासँग संस्थाले यस्तै यावत सवालमा निराकरणका उपायमा सबैको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न विशेष जोड दिएको छ ।विशेष गरी गलत लांन्छाना जस्ता कुरा चिरफार हुनु जरुरी रहेको जनाएको छ । सामी परियोजना कार्यक्रम अध्यक्ष दीपेन्द्र प्रकाश डिसी,परियोजना संयोजक विमल गौतम र कार्यक्रम अधिकृत विष्णु आर्यालले सो कार्यक्रमका बारेमा प्रस्ट पारेका थिए ।





.jpg)