ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु

  सरिता चलाउने २०७८ माघ २६ गते बुधबार १५:४५:४३ मा प्रकाशित

माघ २६,सल्यान 

सल्यानमा भीरबाट लडेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका –२ का अन्दाजी ४० वर्षीय शोभाराम कामीको मृत्यु भएको हो । 

सोमबार कामको सिलसिलामा सोही  गाउँपालिकाको वडा न १ कागखोलामा गएका उनी घर फर्किने क्रममा घरेलीडाँडा जङ्गलबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । स्थानीयले बुधवार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

उनको शव बाटोबाट करिब चार सय मिटर तल पेदिखोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top