होमपेज / समाज
इन्द्र बुढाथोकी माघ १६,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिका – ३ बाझँकोटका ४५ वर्षीय मोहन कामी आर्थिक अभावमा अस्पतालको शय्यामा छटपटाई रहेका छन् ।
दुई वटै मिर्गौला फेल भएका कामीको काठमाण्डौमा जीवन मरणको दोसाँधमा छन् । आर्थिक अवस्था कमजोर भएका कामीले आफूसँग भएको चार लाख सकिएपछि थप उपचारमा समस्या भएको बताए ।
एक वर्ष देखि नेपालगन्जमा उपचार गराइ रहेका कामीको काठमाण्डौमा चेकजाँच गर्दा दुई वटै मिर्गौला फेल भएको रिपोट आएको उनका छोरा राजेन्द्र वि.कले बताए । नेपालगन्जमा अन्य रोगको उपचार गरियो नेपालगन्जमै भएभरको पैसा सकियो । बिरामी ठिक नभएपछि थप उपचारका लागि काठमाडौँ ल्याउँदा दुई वटै मिर्गौला फेल भएको रिपोट आयो छोरा वि.कले बताए । आर्थिक अभाव हुँदा नियमित डायलासिस गर्न समस्या भइरहेको उनको भनाई छ ।
आफूलाई बाँच्ने इच्छा छ, परिवारसँग बस्ने मन छ , सानै भए पनि सहयोग गरिदिनु होला कामीले बताए । उनले आफूलाई बचाई दिन सबैमा आग्रह गरेका छन् । सहयोग गर्न चाहने सहयोगीदाताहरूले राजेन्द्र विकको लक्ष्मी बैङ्क सल्लीबजारको खाता न ०६९२०००८८५४ मा आर्थिक सहयोग गर्न सकिने विकले बताए ।





.jpg)