ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

  इन्द्र बुढाथोकी २०७८ माघ ३ गते सोमबार १९:४३:३१ मा प्रकाशित

इन्द्र बुढाथोकी माघ ३,सल्यान 
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको  बनगाड कुपिण्डे नगरपालिका  ७ लेकसङ्ह्रहीमा सल्लीबजार देखि पाखापानी जाँदै गरेको लु ३ त १०२४ नम्बरको ट्याक्टर आइतबार साँझ दुर्घटना भएको हो ।

 दुर्घटना हुदा चालक सल्यान सिद्धेश्वरी गाउँपालिका ५ का वर्ष ५४ का लोक बहादुर यरी र सह सह चालक सल्यान बनगाड कुपिण्डे नगरपालिका ६ का वर्ष १८ वर्षीय मानबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते दुबैको नेपालगन्ज मेडिकल कलेजमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top