होमपेज / समाज
सरिता चलाउने पुस २८,सल्यान
सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सबै नागरिकले सहज रुपमा सूचना पाउनुपर्ने बताएका छन् । भर्खर मात्र सल्यान जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा आएका आचार्यले बुधवार पत्रकारहरूसँग परिचयात्मक भेटघाट कार्यक्रममा बोल्दै सरकारी कार्यालयबाट पाउँने सबै सूचना नागरिकले सहज रुपमा पाउनु पर्ने बताए ।
सबै नागरिकले सूचना पाउनुपर्ने भनी कानुनले अधिकार दिएकाले सबै सरकारी कार्यालयबाट दिइने सुचना प्रभावकारी र सहज रुपमा दिने व्यवस्था गरिने बताए। हरेक सरकारी कार्यालयमा सूचना अधिकारीको व्यवस्था भएकाले जति सक्यो छिटो नागरिकले थाहा पाउने गरी सुचना बाहिर दिनुपर्नेमा आचार्य जोड दिए। भएका सूचनाहरू जति सक्दो नागरिक कहाँ पुर्याउनु पर्ने र यसमा सबै सरकारी कार्यालयहरुको भूमिका महत्त्वपूर्ण हुने उनको भनाई छ ।
नागरिकका सूचना मिडियामा बढी आउने भएकाले सुचना दिने कुरामा पत्रकारहरूले पनि सहयोग गर्नुपर्ने प्र.जि.अ. आचार्यको भनाई छ । प्रजिअ आचार्यले जिल्लाको समग्र विषयमा पत्रकारहरू सित जानकारी समेत लिएका थिए ।





.jpg)