ट्रेण्डिङ

होमपेज / समाज

माल्पे, खरेखोला जोड्ने झुलुङ्गे पुल पूर्व अर्थमन्त्री ज्वालाद्वारा उद्घाटन

  इन्द्र बुढाथोकी २०७८ पौष २८ गते बुधबार १६:११:१५ मा प्रकाशित

इन्द्र बुढाथोकी पौष,२८सल्यान 

सल्यानको बनगाड कुपिण्डे  १ बनगाड खोलामा खारखेत मुहान माल्पे, खरेखोला जिउला जोड्ने झुलुङ्गे पुल  पुल उद्घाटन भएको छ । कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा समाजवादीका उप महासचिव प्रकाश ज्वालाले बुधवार पुलको उद्घाटन गरेका हुन । पुल सञ्चालनमा आएसँगै ४ सय २० घरधुरीका करिब २ हजार एक  सय जनसङ्ख्या लाभान्वित हुने अपेक्षा लिएको छ ।  

पूर्वाधार विकास कार्यालय सल्यानको करिब ६६ लाख, स्थानीय निर्माण सामग्री १ लाख ४७ हजार र सामाजिक तथा प्राविधिक सहयोगका लागि गैर सरकारी संस्था शारदाको तर्फबाट  ६ लाख १९ हजार गरी ७३ लाख ७९ हजार ५ सय ४९ रुपैयाँको लागतमा पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष डम्बर साहुले जानकारी दिए ।  कोभिडको बिचमा सामग्री अभावले निर्माण कार्यमा निकै सकस भएको भएता पनि पुल समयमै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख विनोद पुनको भनाइ रहेको छ । पुल निर्माण कार्यमा पूर्वाधार विकास कार्यालय सल्यानको महत्त्वपूर्ण भूमिका रहेको जनाएको छ ।

१ सय मिटर लम्बाइ रहेको पुलको २०७६  माघमा सम्झौता भई २०७७ माघमा सम्पन्न भएको थियो ।गाउँ जोड्ने झुलुङे पुल उद्घाटन गर्ने खारखेत पुगेका पूर्व अर्थमन्त्री ज्वालाले विकासमा राजनीतिक साझेदारी हुनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top