ट्रेण्डिङ

होमपेज / समाज

स्थानीय सरकारले बेवास्ता गरेपछि उपभोक्ताले मर्मत गरे स्वरा- बस्नेत जिउला- गिठाचौर सडक

  पदम थापा २०७८ पौष १७ गते शनिबार १४:५१:१८ मा प्रकाशित

पदम थापा पुस १७,सल्यान 

स्थानीय सरकारले बेवास्ता गरेपछि उपभोक्ताले नै स्वरा, बस्नेत जिउला गिठाचौर सडक मर्मत गरेका छन् । नगरपालिकामा धेरै पटक अनुरोध गर्दा पनि सडक मर्मत गर्ने तर्फ ध्यान नदिएपछि स्थानीयवासी मिलेर नै सडक मर्मत गरेका हुन ।

सडक मर्मतका लागि बजेट विनियोजन गरे पनि मर्मत गर्ने तर्फ नगरपालिकाले ध्यान नदिएपछि स्थानीयलाई परिचालन गरेर सडक मर्मत गरेको वडा सदस्य चावलसिहं वि.कले बताए । उनले भने सडक मर्मत गर्ने भनेर पैसा छुट्टाइएको छ । तर हाम्रो वडामा नगरपालिकाको जेसिबिले काम गर्ने सहमति भएको थियो तर जेसिबि नगरपालिकामा थन्काएर राखिएको छ । 

उता नगरपालिकाले भने जेसिबीको अपरेटर नहुँदा समस्या भएको बताउँदै आइरहेको छ । वर्षातको समयमा बिग्रिएका सडक अर्को वर्षात आउने समय भइसक्दा समेत मर्मत नहुँदा स्थानीयले सास्ती भोग्दै आइरहेका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top