ट्रेण्डिङ

होमपेज / समाज

बनगाड कुपिण्डेमा मतदाता नामावली सङ्कलन गरिने

  इन्द्र बुढाथोकी २०७८ मंसिर १६ गते बिहीबार १७:२१:३४ मा प्रकाशित

इन्द्र बुढाथोकी मङ्सिर १६,सल्यान 

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा फोटो सहितको मतदाता नामावली सङ्कलन हुने भएको छ । यही मङ्सिर १७ गतेदेखि २६ गतेसम्म मतदाता नामावली सङ्कलन गरिने स्थानीय मतदाता नामावली सङ्कलन कार्यालय बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ । 

कार्यालयका अनुसार मङ्सिर १७ र १८ गते वडा न १,२ र ३ वडाको , मङ्सिर १९ र २० गते वडा न ४,५,६ मङ्सिर २१ र २२ गते वडा न ७,८,९, मङ्सिर २३र २४ गते वडा न १०,११, १२ को र मङ्सिर २५ र २६ गते छुट सबैको मतदाता नामावली सङ्कलन गरिने स्थानीय मतदाता नामावली सङ्कलन कार्यालय बनगाड कुपिण्डेका निर्वाचन सम्पर्क व्यक्ति हरि बहादुर शाहीले शाहीले बताए ।

 बन्गाड कुपिण्डे नगरपालिकाको आयुर्वेद शाखामा मतदाता नामावली सङ्कलन गरिने उनको भनाई छ । नगरपालिका भित्र १८ वर्ष माथिका नयाँ र छुट सबै नागरिकहरूले फोटो सहितको मतदाता नामावली दर्ता गर्न सबैलाई आग्रह गरे । मतदाता नामावली दर्ता गराउन आउँदा नेपाली नागरिकता प्रमाणपत्रको सकल नकल दुवै, विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको सकल नकल दुवै, बसाइसरी आएको हकमा बसाइसराइ दर्ता प्रमाणपत्रको सकल नकल दुवै अनिवार्य साथमा ल्याउनु पर्ने शाहीले बताए । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top