ट्रेण्डिङ

होमपेज / समाज

युवा क्लबद्धारा सल्लीबजारमा डस्टविन वितरण

  इन्द्र बुढाथोकी २०७८ मंसिर १३ गते सोमबार १६:५९:३१ मा प्रकाशित

इन्द्र बुढाथोकी मङ्सिर १३,सल्यान 
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको  मुख्य व्यापारिक केन्द्र सल्लीबजारमा डस्टविन वितरण गरिएको छ ।  जनकल्याण युवा क्लब बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारले १० ठाउँमा फोहोर राख्नलाई डस्टविन वितरण गरेको हो ।

 १५ हजार लगानीमा बजारका १० स्थानमा डस्टविन राखिएको क्लबका अध्यक्ष सन्देश यरिले बताए। अध्यक्ष यरीका अनुसार सल्लीबजारको चोक, बनगाड कुपिण्डे नगरपालिका र प्रभाकर माध्यमिक विद्यालय देवस्थलमा डस्टविन राखिएको उनको भनाई छ । सामाजिक उत्तरदायित्व अन्तर्गत ठाउँ ठाउँमा डस्टविन राखिएको उनको भनाई छ ।

युवाहरूको समूहले केही गर्नु पर्छ भन्ने उदेश्यका साथ सानो काम बाट भए पनि सहयोग गरेको उनको भनाइ रहेको छ । उक्त क्षेत्रमा नगरपालिकाले फोहोर उठाउनको लागी गाडी व्यवस्था बाहेक बजारमा अन्य सामाग्रीहरु राखेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top