होमपेज / समाज
इन्द्र बुढाथोकी मङ्सिर ९ सल्यान ।
कर्णाली प्रदेशमा फिरन्ते जीवन बिताउदै आएका लोपोन्मुख राउटे समुदायको पनि जनगणना गरिएको छ । विभिन्न स्थानमा फिरन्ते जीवन विताउँदै आइरहेका राउट समुदााय अहिले सल्यानको बनगाड कुपिण्डे नगरपालिका ३ कारागाउँमा बस्दै आइरहेका छन् । सुरुमा जनगणना गराउन नमानेका राउटेहरु पछि भने जनगणना गराउन राजी भएका थिए ।
२०७८ सालको प्रारम्भिक जनगणना गर्दा उनीहरुको सङ्ख्या १४५ पुगेको छ । पुरुष ६९ जना र महिला ७६ जना गरि जम्मा १४५ राउटे रहेका छन भने ४८ घरधुरी रहेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले जानकारी दिए । उनका अनुसार गणक टोलि राउटे बस्तीमा दुई दिन लगाएर जनगणना गरेक हुन । पछिल्लो चरणमा मृत्युुदर बढ्दै भन्दै विभिन्न ठाउँमा फिरन्ते जीवन विताउदै आएका उनीहरुको जन्मदर र मृत्युदर उत्तिकै मात्रामा रहेको छ ।
स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्दछ।
यो समुदाय दुई महिना अघि मात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका ११ वालुवासँग्रही बाँगी रह हुँदै भेरि किनारदेखि एक सातामै सोहि नगरको वडा न १ घाटगाउँमा बसाइँ सरेको थियो ।
एक साता यता राउटे पुनःनगरको वडा १ नाम्रा हुँदै अहिले वडा न ३ को काँरागाउँमा बसाई सरेका छन् । सोहि क्षेत्रमा बसाइ सरेका राउटेको पनि गणना भएको छ ।सरकारले भत्ता उपलब्ध गराउदै आए सङ्गै उनीहरुको जीवनशैली फेरिएको छ





.jpg)