होमपेज / समाज
इन्द्र बुढाथोकी मङ्सिर ७ सुर्खेत
जन्मदिको अवसरमा सुर्खेत सिम्ता गाउँपालिका तीनका वडाका वडासदस्य तथा युवा नेता लोकवहादुर शाहीले उदाहरणीय काम गर्दै आएका छन् ।
विगतका वर्ष भन्दा विद्यालयहरुमा अक्षकोष स्थापना गर्दै आएका शाहीले यस वर्षको जन्मदिनमा वडाको धार्मिक स्थलमा तारवार र गेट निर्माणकार्य गरेका छन् । जन्मदिनको अबसरमा सिम्ता गाउँपालिका वडा ३ मा रहेको देउलिबजार धार्मिक स्थलमा गेट सहित तारबारले घेरबार कार्य गरेका छन् ।
धार्मिक स्थलमा २५ हजार खर्चेर गेट सहित तारबार गरेको उनको भनाई छ । जन्म दिने मनाउने उदेश्यले उनले प्रत्येक वर्ष धार्मिक स्थल,सार्वजनिक क्षेत्र,गरिबी विद्यार्थीलाई मात्रै केही आर्थिक सहयोग गर्ने गरेका छन् । शाही सिम्ता गाउँपालिका वडा नं ३ का एमाले वडा सचिव,वडाका जनप्रतिनिधि वडा सदस्य ,सबैका पृय युवा,समाज सेवि तथा नेरा मावि लापुका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत हुन ।
उनले वडा सदस्यको तलवबाट जन्मदिनको अवसरमा समाजिक क्षेत्रमै खर्चने गरेका छन् । यस भन्दा पहिले पनि उनले लाखौंको रकम खर्चेर सामाजिक क्षेत्रमा काम गरि उदाहरणीय कार्य गर्दै आएका छन् ।जनप्रतिनिधिको तलव र आफ्नो अन्य व्यक्तिगत लगानीमा उनले वर्षेनि जन्मदिनको अवसरमा समाजमा अब्बल काम गर्दै आएका छन् । जस अनुसार सिम्ता गाउँपालिका ३ नेपाल राष्ट्रिय माबि लापुमा अक्षयकोष स्वर्गीय दाइ यामु शाहिको सम्झनामा ५० हजार तथा आमाबुबाको सम्मानमा झ्याम निमावि २५ हजार, काक्रेतरा प्रावि २७ हजार, साइकल यात्री बालकृष्ण शाहिलाई ३० हजार, सिम्ता क्याम्पस राकमलाइ १० हजार, पुस्तकालय निर्माण को लागि सिम्ताली एकता समाज लाई ५ हजार सहयोग तथा कार्य गरी सकेका छन् ।





.jpg)