ट्रेण्डिङ

होमपेज / समाज

नेपाल पत्रकार महासंघ सल्यानको २७ औं स्थापना दिवसः अस्पतालका विरामीलाई फलफूल वितरण

  सरिता चलाउने २०७८ मंसिर ४ गते शनिबार १६:२८:५६ मा प्रकाशित

मंसिर ४,सल्यान 
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले आफ्नो २७ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा महासंघले सल्यान जिल्ला अस्पताल सल्यानका रहेका विरामीहरुलाई फलफूल वितरण गरेको छ । 

 २०५२ मंसिर ४ गते हरिशरण आचार्यको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरिएको थियो  भने औपचारिक शाखाको मान्यता २०६४ मंसिर २१ गते पाएको थियो । 
२७ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष नविन पौडेलले सञ्चारकर्मी तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुप्रति शुभकामना व्यक्त गरे । 

नेपालमा लोकतन्त्र, नागरिक अधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवि पत्रकारको हकहितका लागि अग्रजहरुले सुरु गरेको गौरवपूर्ण इतिहास प्रति महासंघ गर्व महसुुस गर्दै आइरहेको उनको भनाई छ ।
 जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि अग्रजहरुले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य साहित गर्न लागि रहने प्रतिवद्धता व्यक्त गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top