ट्रेण्डिङ

होमपेज / समाज

सल्यान कविता बोहरा हत्या प्रकरण: हत्या गर्नेलाई जन्मकैदको फैसला

  सरिता चलाउने २०७८ कार्तिक ११ गते बिहीबार १५:३१:०४ मा प्रकाशित

कात्तिक ११,सल्यान 

जिल्लाको त्रिवेणी गाउँपालिका –१ तल्लो काभ्राकी १६ वर्षीया कविता बोहराका हत्या गर्ने किशोरलाई सल्यान जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । बिहीबार न्यायधिस कुल प्रसाद पाण्डेको इजलासले  बोहराका हत्यारालाई जन्मकैदको फैसला सुनाएको हो । 

कविताको दिदीको छोरा नाता पर्ने तत्कालीन १६ वर्षीय एक स्थानीय किशोरले कवितालाई एक तर्फी प्रेम गरी पटक पटक प्रेम प्रस्ताव गर्दा कविताले कुनै चासो नदिए पछि हत्या गरेको बयानका आधारमा जन्मकैदको फैसला सुनाएको सल्यान जिल्ला अदालत सल्यानले जनाएको छ ।

 मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम जन्मकैद ठहर गरिएको अदालतका श्रेष्टेदार हेमन्त ज्ञवालीले बताए । तर हत्या गर्ने किशोर भएकाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३६ (३) बमोजिम आधा कैद छुट गरिएको उनको भनाई छ । उनलाई १२ वर्ष ६ महिना कैद हुने उनले बताए । साथै प्रतिवादीबाट मृतकको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि फैसला भएको छ । 

२०७६ साल फागुन २ गते राति १२ देखि १ बजेको बिचमा कविता गोठ नजिकको भकारोको डिलमा मोबाइलमा फोन गर्दै गरेको अवस्थामा १६ वर्षीय किशोरले खुकुरी प्रहार गरी हत्या गरेका थिए ।  

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top