ट्रेण्डिङ

होमपेज / समाज

लुटपाटमा संलग्न व्यक्ति पक्राउ

  इन्द्र बुढाथोकी २०७८ कार्तिक १० गते बुधबार १८:४६:१० मा प्रकाशित

इन्द्र बुढाथोकी कात्तिक १०,सल्यान 

जिल्ला प्रहरी कार्यालय सल्यानले तरकारी किन्न आएका व्यापारीबाट तीन लाख रुपैयाँ लुटपाट गरी फरार मध्येका एक जनालाई पक्राउ गरेको छ ।  

नेपाल प्रहरी र सशस्त्र प्रहरीको बर्दी लगाई सोमबार कपुरकोट गाउँपालिका – १ कालापातलको जङ्गलमा गाडी रोकी कपुरकोटमा तरकारी किन्न आएका सेराज हलुवाईको तीन लाख लुटपाट भएको थियो । 

लुटपाट गरी फरार भएका मध्ये रोल्पा सुनछहरी गाउँपालिका –७ का ३० वर्षीय तिलक वि.क.लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । लुहाम र कपुरकोटबाट खटिएको प्रहरीले विकलाई रोल्पा रुन्टिगडी गाउँपालिका –८ गर्पा खोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । विकलाई सल्यान जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनको भनाई रहेको छ । लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको बर्दीको दुरुपयोग गरी यस्ता विभिन्न आपराधिक क्रियाकलाप बढेकोले बर्दीको दुरुपयोग भएमा जानकारी भएमा प्रहरी कार्यालयमा सूचना दिन समेत पौडेलले बताए । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top