होमपेज / समाज
सरिता चलाउने ८ सल्यान
संचारकर्मीहरुका लागि पारिस्थिकीय प्रणालीमा आधारित अनुकुलन ईबिए कार्यक्रम सम्बन्धि तिन दिने तालिम सोमवारदेखि सल्यानको खलंगामा सुरु भएको छ ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय , जलवायु परिवर्तन व्यवस्थापन महाशाखाको आयोजना र डिभिजन वन कार्यलय सल्यानको समन्वयमा पारिस्थिकीय प्रणालीमा आधारित अनुकुलन ईबिए सम्बन्धि संचार माध्यमहरुको लागि तिन दिने तालिम सुरु भएको हो ।
तिन दिन सम्म संचालन हुने तालिममा बिभिन्न संचार माध्याममा कार्यरत २० जना संचारकर्मीहरुको सहभागिता रहेको छ । तालिममा जलवायु परिर्वतन सम्बन्धि भएका कामको बारेमा जानकारी, यसमा मिडियाले खेल्नु पर्ने भूमिका, जलवायुले पार्ने असर लगायतका बिषयमा छलफल गरिने छ ।
जलबायु परिबर्तनले वन वातावरणमा पार्ने असर, बिपद जोखिम ब्यबस्थापन, लगायतका बिषयमा जनाकारी गराईने आयोजकले जनाएको छ । तालिममा पत्रकार कृष्णमुरारी भण्डारी, सविन शर्मा र दिपेन्द्र जोशीले सहजीकरण गरिरहेका छन् ।
उदघाटन कार्यक्रममा डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरी स्वागत कार्यक्रममा बोल्दै वन र वातावरणका क्षेत्रमा भएका गतीविधीलाई उजागर गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सक्रिय भएर तालिममा सहभागि हुनु पर्ने बताए । तालिमबाट वातावरण र पकृतिमा भएका समस्या, जलवायु परिवर्तनमा परेका असरहरुको बारेमा मिडयाले कलम चलाउनमा सहयोग पुग्ने उनको भनाइ छ ।
नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेलले वन र वातावरणका क्षेत्रमा सञ्चारकमीलाई समाचार संकलनमा तालिम सहयोगी वन्ने बताए ।





.jpg)