होमपेज / समाज
इन्द्र बुुुढाथोकि ५ सल्यान
सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बनगाड कुपिण्डे ११ गराका ६० बर्षका लिले बुढालाई खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
बुढा आज दिउसो करिब साढे १२ बजेको समयमा धान काटन जाँदा संग्रही खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरी प्रमुख गोबिन्द थापाले बताए । खोलाले बगाएका बुढालाई स्थानियलेे उद्धार गरे पनि मृत्यु भएको उनले बताए । बुढाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ ।





.jpg)