ट्रेण्डिङ

होमपेज / समाज

तीन दिनपछि भेटियो नुहाउने क्रममा बबई नदीमा वेपत्ता युवाको शव

  सरिता चलाउने २०७८ आश्विन ३१ गते आइतबार १८:४६:०७ मा प्रकाशित

सरिता चलाउने असोज ३१,सल्यान 
बबई नदीमा वेपत्ता भएका एक जनाको शव तीन दिनपछि फेला परेको छ । 

जिल्लाको कालिमाटी गाउँपालिका –७ बाटुलेका ३५ वर्षीय श्याम वि.क. को शव आइतबार फेला परेको हो । गत २९ गते गाउँ नजिकै रहेको बबई नदिमा नुहान गएका वि.क ढुङगाबाट चिप्लिएर वेपत्ता भएका थिए ।

 वेपत्ता वि.क.को खोजी कार्य गर्ने क्रमा आइबार बिहान बेपध भएको स्थानबाट झन्डै २ किलोमिटर टाढा ¥याङ स्थित बबई नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । 

यस्तै जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – २ गोरुघाट भन्ने स्थानमा भेरी नदीमा किनारमा बेवारिसे शव फेला परेको छ । अन्दाजी ३०/४० वर्षको रातो कुर्ता, रातो कलेजी बुट्टा भएको सुरुवाल लगाएकी, निधारमा चोट, तालुमा रौं हल्का खुइलिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top