होमपेज / समाज
इन्द्र बुढाथोकी असोज ३१,सल्यान
चट्याङ पर्दा सल्यानमा दुई जना सामान्य घाइते भएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका –५ लाँखरमा हिरालाल रानाको घरमा आइतवार दिउँसो चट्याङ पर्दा दुई जना घाइते भएका हुन ।
घाइते हुनेमा ५६ वर्षीय खिम बहादुर राना र उनको छोरा १२ वर्षीय प्रकाश राना रहेको वडा सदस्य कुल बहादुर खत्रीले जानकारी दिए । खिम बहादुरको आँखा, कान र प्रकाशको टाउँकोमा सामान्य चोट लागेको उनको भनाई छ ।
यस्तै चट्याङले हिरालाल रानाका दुई वटा खसी र एक बाख्रा मरेका छन् । हिरालाल रानाको दुई तले घरमा दिउँसो चट्याङ परेको हो ।





.jpg)