ट्रेण्डिङ

होमपेज / समाज

चाडपर्व लक्षित बजार अनुगमन तीव्र

  इन्द्र बुढाथोकी २०७८ आश्विन १९ गते मंगलबार १७:३६:३१ मा प्रकाशित

इन्द्र बुढाथोकी असोज १९,सल्यान 

चाडपर्व नजिकिएसँगै सल्यानमा अनुगमनलाई तीव्रता दिन थालिएको छ । चाडपर्वमा उपभोक्ता ठगिन सक्ने भन्दै प्रशासन, स्थानीय पालिकाहरूले बजार अनुगमनलाई तीव्रता दिएका हुन ।  

मङ्गलवार जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका विभिन्न बजारमा अनुगमन गरिएको छ ।  इजाजत पत्र नभएका पसलहरूले पनि सामान बिक्री गरी रहेको गुनासो आएपछि बजार अनुगमन गरिएको इलाका प्रहरी कार्यालय देवस्थलका इन्चार्ज शशिराम ओलीले बताए । बजार अनुगमनका क्रममा   प्राइन फिटा पटपटे ९६ बोतल, अर्ना बियर ८ बोतल, लिची ९ बोतल , लोकल रक्सी बनाउने  २ ड्रम कच्चापदार्थ  नियन्त्रणमा लिई डिस्पोज गरिएको उनको भनाई छ ।  

सल्लीबजार देवस्थल घाटघाउ तिर बाट राउटे बस्तीमा रक्सी खाएर हो हल्ला  बढेको जन गुनासो आए सङ्गै अनुगमन गरिएको उनले बताए । दसैँ तिहारलाई मध्यनजर गर्दै चेकजाँचलाई तीव्रता दिएको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top