होमपेज / समाज
सावित्रा बस्नेत फागुन २८, सल्यान ।
यस वर्षको एसइएई परीक्षामा सल्यानका ४ हजार ९सय जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
चैत ६ गते बाट हुने एसइई परिक्षामा ४ हजार ९सय जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सल्यानले जनाएको छ । परिक्षामा ७२ सामुदायिक विद्यालयका ४ हजार ४ सय २८ र सस्थागत ८ विद्यालयका१ सय ४७ विद्यार्थी परिक्षामा सहभागि हुने छन् । परिक्षाका लागि२३ वटा परिक्षा केन्द्रबाट निर्धारण गरिइएको छ ।
प्राबिधिकधार तर्फ जिल्लाका २ बिद्यालय बाट ७७जना तथा खुला बिद्याालय बाट ८६ जना, इगज्यामटेड ग्रेट वृदि बाट १सय ६२ विद्यार्थी रहेका छन् ।
चैत ६ गते देखि १४ गते सम्म साधारण तर्फको र प्राविधिक धार तर्फको चैत ६ गते देखि १७ गते सम्म परीक्षा हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सल्यानका प्रमुख लाल बहादुर घर्तीले बताए ।
यस्तै ग्रेडवृद्धि १६२ जना परीक्षार्थी परीक्षामा सहभागी हुने छन् । यो बर्ष ग्रेडबृद्धि समुहका सम्पुर्ण बिद्यलयहरुको परीक्षा केन्द्र श्री त्रिभुवन जनता माबि भोटेचौरमा कायम गरिएको घर्तीले वताए । उनका अनुसार माध्यमिक तहका ८४ वटा बिद्यालयहरु सहभागी हुन लागेको परिक्षामा सबै भन्दा धेरै परिक्षार्थी जन कल्याण मावि थारमारेमा ३ सय ९६ जना रहेका छन भने सबै भन्दा थोरै जनता मावि रागेचौरमा १ सय२३ जना रहेका छन ।
यसै विच परीक्षाको लागी आबश्यक पर्ने, उत्तरपुस्तिका लगायतका सबै सामाग्री परीक्षा केन्द्रमा पु¥याई सकिएको र प्रश्नपत्र पनि चौकिमा पठाई सकिएको घर्तीको भनाई छ ।





.jpg)