ट्रेण्डिङ

होमपेज / समाज

आर्थिक अभावमा भारतीय अस्पतालमा छटपटाउदै सल्यानकी तिला

  इन्द्र बुढाथोकी २०७८ आश्विन ५ गते मंगलबार १५:३७:०१ मा प्रकाशित

इन्द्र बुढाथोकी असोज ५,सल्यान 

पाठेघरको शल्यक्रिया पश्चात झनै समस्या भएपछि भारतको एक अस्पतालमा  सल्यानकी ३८ वर्षीया तिला विक छटपटाइरहेकी  छन् । जिल्लाको बनगाड कुपिन्डे नगरपालिका – ३ बाँझकोट निवासी ३८ वर्षकी तिला बिकको थप उपचारका लागि आर्थिक समस्या भएपछि  भारतको अहमदाबादमा छटपटाई रहेकी हुन । 

नेपालमा रोग पत्ता नलागेपछि भारतमा ज्याला मजदुरी गरी उपचार गर्न श्रीमान् पदम बिक सँग भारत पुगेकी तिलाको स्वास्थ्यमा समस्या बढे सँगै उपचारको लागी उनका श्रीमान् पदम विकले भारतबाट सहयोगको लागी अपिल गरेका छन् । 

तिलालाइ पाठेघरको समस्या थियो । नेपालमा उपचार गरिन, तर निको भएन । भारतमा पाठेघरको अप्रेसन भयो । एक हप्ता अस्पतालको बसाइ पछि कोठामा पुगेकी तिलमा दुई हप्तापछि पेटमा समस्या देखियो । अस्पतालमा जाँच गराउँदा पेटमा पानी जमेको डाक्टरले बताएको उनका श्रीमान् पदमले बताए ।

पेटमा जमेको पानी निकाल्न दोस्रो पटक पेटको अप्रेसन गरेको तर उपचारमा आर्थिक अभावका कारणले समस्या थपिएको उनको भनाइ छ । तिला अहिले भारतको अहमदाबादको अस्पतालको बेडमा आर्थिक अभावका कारणले मृत्यु सँग लडिरहेकी छिन ।

दैनिक ज्याला मजुरी गरी श्रीमतीको उपचारको लागी भारत पुगेका पदम आफूलाई भाग्यले नै ठगेको बताए । उपचारको क्रममा १ वर्ष पहिले भारतमा पुगेका पदमले दैनिक रोजगार त गर्न पाएनन्, आर्थिक अभावको कारणले श्रीमतीको स्वास्थ्यमा सुधार पनि ल्याउन नसकेको बताउँछन् । 

यता सुर्खेतको गुर्भाकोटमा दुई नावलकको बिचल्ली भएको छ । घरका अभिभावक नहुँदा पिरमा परेका छोरा छोरी बिचल्लीमा पर्दा झनै समस्या थपिएको पदम बताउँछन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएका नवीनको दैनिक ज्याला मजदुरी बाहेक अन्य आम्दानीको श्रोत केही नभएको बताए । कोरोना महामारीको कारणले पनि सहज रुपमा उपचार नभएको उनले बताए । उपचारमा आर्थिक समस्या भएकाले  सहयोगको लागी नवीनले भारतबाट अपिल गरेका छन ।

पदमले भने, श्रीमतीलाई अझै पनि निको भएन, अहिले त झन पेटमा पानी जमेको ठाउबाट दिशा बगीरहने समस्या देखिएको छ । फेरी अप्रेसन गर्ने पैसा छैन । श्रीमतीको जीवन बचाउन अव सहयोग माग्नुको विकल्प छैन । तिलालाई सहयोग गर्न चाहने सहयोगी हातहरुले आफ्नो भाररतीय मोवाईल नम्बर ७४८७९५९७८४ मा सम्पर्क गर्न सक्ने भन्दै पदमले सहयोगको याचना गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top