होमपेज / समाज
सरिता चलाउने भाद्र २९, सल्यान
उपभोक्ताहरुलाई ठगिन नदिन र म्याद नाघेको सामान बिक्रि गर्न बाट रोक्नका लागि सल्यानमा बजार अनुगमन गरिएको छ । कोरोना भाईरसका कारण जिल्लामा लामो समय देखि गरिएको निषेधाज्ञा खकुल्लो भएपछि बजारमा व्यापारीहरुले म्याद गुर्जेका सामानहरु बिक्रि गर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यलय सल्यानले बजार अनुगमन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबि होमागाईको नेतृत्वमा जिल्लाको प्रमुख व्यापारी केन्द्र श्रीनगरमा रहेका किराना पसल, खाद्यान्न पसल, तरकारी पसल, फलफुल पसल र मासु पसलहरुमा अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा धेरैजसो पसलहरुमा म्याद नाघेका सामान र इजाजत प्राप्त नलिई पसलहरु संचालन गरेको पाईएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबि होमागाईले बताइन । उनका अनुसार फलफुल पसल र तरकारी पसलहरुमा पनि कुहिएको अवस्थामा तरकारी फलफुल भेटिएको र मासु पसलहरुमा सफासुघंर नभएको तथा खुल्ला रुपमा मासु बिक्रि गरेको पाईएको छ ।
कोरोना भाईरसको बेला पनि बजार अनुगमन गरिएको र अहिले चाँडपर्व नजिकिदै जादँदाउपभोक्ता ठगिन सक्ने तथा म्याद गुज्रिएका सामान सेवाग्राहीलाई थाहा नै नदिई बिक्री बितरण गरिरहने परिपाटी रहेकोले यसलाई रोक्न अनुगमन गरिएको उनको भनाई छ ।
बिभिन्न चाडपर्व, मेलामहोत्सवमा ब्यापारीले धेरै सामानहरु खरिद गरी स्टक राख्ने गरेकोले त्यस्ता सामानको म्याद सकिए पनि व्यापारी तथा ग्राहकले ध्यान नदिई खरिद बिक्री गर्ने हुँदा बजार अनुगमनलाई कडाईका साथ लैजाने उनले बताइन ।
केही व्यापारीहरुले मुल्य सुची नराखेको , र खरिदबिक्री सामानहरु जथाभावी राखिएको भेटिएकोले यसलाई तत्काल सुधार गर्नुको साथै कुनै पनि माल सामान खरिद बिक्री गर्दा ब्यापारी तथा ग्रहाकले म्याद हेरेर खरिद बिक्री गर्न प्रजिअ होमागाईले आग्रह गरिन ।
बजार अनुगमनका क्रममा म्याद नाघेका अखाद्य बस्तु भेटिएकाले उक्त बस्तु बरामद गरि नस्ट गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले बताए। उनका अनुसार १८ वटा पसलमा गरिएको अनुगमन बाट २१ हजार ५ सय ३५ रुपैया बराबरको अखाद्य बस्तु बरामद गरि नष्ट गरिएको उनको भनाई छ । ब्यापारीहरुले म्याद गुज्रेका सामान बिक्री बितरण गर्नु भन्दा ती समानलाई नष्ट गरी सहयोग गर्न प्रहरी प्रमुख थापाले आग्रह गरे ।





.jpg)