होमपेज / समाज
सरिता चलाउने भदौ २२,सल्यान
१८ औँ निजामती सेवा दिवसको अवसरमा सल्यानमा वृक्षारोपण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजना तथा डिभिजन वन कार्यालय सल्यानको समन्वयमा १८ औँ निजामती सेवा दिवसको अवसरमा सवुज गण सिमर्खक ब्यारेकको परिसमा रहेको हेप्रोनडाँडा सामुदायिक वनमा बिभिन्न जातका बिरुवा रोपेर वृक्षारोपण गरी दिवस मनाइएको हो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईको अध्यक्षता तथा जिल्ला अदालत सल्यानका न्यायाधीश कुलप्रसाद पाण्डेको प्रमुख आतित्थ्यतामा सञ्चालन गरिएको वृक्षारोपण कार्यक्रममा सबुज गणका गणपति कन्चन कृष्ण बस्नेत लगायत सुरक्षाकर्मीका प्रमुख, सम्पूर्ण सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, कर्मचारी लगायतको उपस्थितिमा तेज पात, काउलो, रिट्ठा, सिमल, खयर, बकाइनो, काफल, हर्रो, बैँस लगायतका करिब ३ हजार बिरुवा रोपिएको छ ।
वृक्षारोपण कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश कुल प्रसाद पाण्डेले निजामती कर्मचारी विनाको सार्वजनिक सेवा प्रवाहमा सम्भव नहुने बताउनु भयो । निजामती कर्मचारीले जनमुखी सेवा प्रवाहमा महत्त्वपूर्ण भूमिका खेल्दै आएकाले आगामी दिनमा पनि नागरिकहरूले सहज रुपमा सेवा पाउने गरी काम गर्नुपर्ने बताउनु भयो । वृक्षारोपण गर्नले वातावरण हराभरा हुनुका साथै बिरुवा बाट प्राप्त हुने अक्सिजन मानव जीवनमा लाभदायक हुने बताउनु भयो । यस प्रकारका दिवसले निजामती कर्मचारी जनमुखी सेवा प्रवाहमा थप उत्प्रेरणा जगाउने न्यायाधीश पाण्डेले बताउनु भयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी लक्षमिदेवि होमागाइले निजामती प्रशासनको सेवा महत्त्वपूर्ण रहेको बताउनु भयो । सेवा गर्ने भनेर खटिएका जुनसुकै कार्यालयका कर्मचारीहरूले ऐन नियम भित्र रहेर जनतालाई सहज रुपमा सेवा दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी राजेन्द्र प्रसाद पोखरेल,डिभिजन वन कार्यालयका प्रमुख रमेश गिरी, आधिकारिक ट्रेड युनियन अध्यक्ष वीरेन्द्र हमाल, पत्रकार महासङ्घ सल्यानका उपाध्यक्ष सरिता चलाउने लगायत बोल्नुभएको थियो ।
३ हेक्टर क्षेत्रमा रोपण गरिएका बिरुवाको पूर्णरूपीमा संरक्षण तथा स्याहार सम्भार सबुज गणले गर्ने भएको छ ।





.jpg)