ट्रेण्डिङ

होमपेज / समाज

अन्तराष्ट्रिय वेपत्ता विरुद्धको दिवसः वेपत्ताको पखाईमा दुई दशक बित्यो

  दिपक शर्मा २०७८ भाद्र १३ गते आइतबार १६:५१:४३ मा प्रकाशित

दीपक शर्मा भदौ १३,सल्यान 
नेपालमा तत्कालिन नेकपा (माओवादी) ले सञ्चालन गरेको शसस्त्र द्धन्द्ध सकिएको लामो समय भइसेको छ ।

राजनीतिक दल, सरकार र नागरिक समाजबिच युद्ध अपराधको छानविन गर्ने बारे सहमति भएर वेपत्ता पारिएका व्यक्तिको छानविन गर्न आयोग गठन भएको छ । वेपत्ता छानविन आयोग गठन भएपनि अहिलेसम्म वेपत्ताका आफन्तले तत्थ बाहिर आउन नसक्दा आफ्नो आशा निरासामा परिणत भएको छ । वेपत्ता पार्नेले एकीन खबर नगर्दा आफन्तले लामो समयसम्म सामाजिक संस्कार समेत गर्न पाएका छैनन । 

जनकल्याण माध्यमिक विद्यालय थारमारेमा सटीफिकेट लिन गएका बागचौर नगरपालिका ३ रातपहराका विजयी भण्डारी अहिलेसम्म घर फर्किएका छैनन् । विद्यालयमा सटिफिकेट लिन गएको छोरो टुप्लुक्क आइहाल्छ की भन्ने आशा बुवा चित्र बहादुर भण्डारीलाई रहेको छ । विद्यालय गएका उनलाई थारमारेबाट प्रहरीले वेपत्ता बनाएको हो । २०५६ साउन १३ गते वेपत्ता भएको छोराको कुनै जानकारी नपाएको उनको गुनासो छ । उनले भने की तेरो छोरो  मरिसक्यो भन्नु पर्यो होइन भने सास दिनुपर्यो । कति वर्ष छोरा आउने आशमा बाटो डुकेर बसौं । 

कपुरकोट गाउपालिका ७ की अमृता वोहरालाई वावाले वजारबाट फर्किदा मिठाई लिएर आउनु हुन्छ भनेर आमाले सम्झाएको अहिले जस्तो लाग्छ । ८ वर्षकी अमृता वावालाई पछ्याउन खोज्दा म वेलुका फर्किहाल्छु आउँदा मिठाइ ल्याइदिन्छु छोरी भनेर सदरमुकाम हिडेका वुवा कहिलै नआउने गरी वेपत्ता भए । वुवाको त्यहि वोली अन्तिम भयो न सास छ भन्ने खवर  दिएको छ न मारिएको खवर नै ।

 २०५८ साल पुष १८ गते सल्यानको सदरमुकाम आएका अमृताका वुवालाई तत्कालिन शाही सेनाले पक्राउ गरी वेपत्ता वनाएको थियो । मारेको भए मारिसक्यौ भन्नुप¥यो जिवित हुनुहुन्छ भने भन्नु प¥यो किन हामीलाई यस्तो पिडा दिएको उनले भनिन । 

प्रतिनिधी मात्रै हुन तत्कालिन शसक्त द्धन्द्धको वेला वेपत्ता पारिएका  व्यक्तिहरु परिवारमा आउछन्की भनेर अझै आशा मारेका छ्रनन् । अभिभावक गुमाएर टुहुरो वनेका  परिवारहरुको आर्थिक अवस्था अत्यन्तै कमजोर वन्न पुगेको छ । सदरमकुाममा हुने धेरै कार्यक्रमहरुमा उपस्थित भएर भकानिदै वेदना सुनाउने परिवारहरुले शान्ति प्रक्रिया हुदै संघिय गणतन्त्र आइसक्दा पनि न सास पाए नत लाश नै पाएको गुनासो गर्न थालेका छन् । 

शसस्त्र द्धन्द्धको समयमा जिल्लामा राज्य पक्ष र तत्कालिन विद्रोही पक्षबाट ५९ जनाको छानविन आयोगमा उजुरी परेको भएपनि अहिले सम्म ३९ जनाले राहात वुझेको साविकको स्थानीय शान्ति समितिको तथ्थांकमा उल्ल्लेख  छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top