ट्रेण्डिङ

होमपेज / समाज

सल्यानबाट वार्षिक १६ करोड बढीको खसी–बोका निकासी

  दिपक शर्मा २०७८ असार २१ गते सोमबार १८:०९:३७ मा प्रकाशित

दीपक शर्मा असार २१,सल्यान 
सल्यानमा खसी–बोका बिक्रीबाट वार्षिक १६ करोड भित्रिने गरेको छ । पछिल्लो समय खसी–बोकाको व्यावसायिकपालन बढ्न थालेपछि जिल्लाबाहिर निर्यात बढेपछि आम्दानी पनि बढेको हो। 

जिल्लामा दैनिक एक सय देखि दुई सयसम्म खसी–बोकाका जिल्ला बाहिर निकासी हुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले बताए । जिल्लामा वार्षिक ८० हजार खसीबोका उत्पादन हुने, ४० हजार  जिल्लामै खपत र वाँकी ४० हजार जिल्ला बाहिर निर्यात हुने गरेको उनको भनाई छ । उनले भने सल्यान बाख्रापालनको लागि एकदमै राम्रो जिल्ला हो । मध्यपहाडी भूभाग भएकाले पहाडमा हुने विभिन्न डाले घाँस तथा भुई घाँस प्रसस्त हुने भएकाले पनि बाख्रापालनको धेरै राम्रो सम्भावना छ । 

जिल्लामा अहिले १ सय ४१ फर्म नै दर्ता भएर व्यवसायिक बाख्रा पालन हुँदै आइरहेको र जिल्लाका सबैको घरधुरीमा कम्तिमा पनि ३ देखि ५सम्म बाख्रा पालन हुँदै आइरहेको उनले बताए । जिल्लामा हाल ३ लाख ७६ हजार भन्दा बढी बाख्रा रहेको उपाध्यायले बताए । 

जिल्लामा व्यवसायिक बाख्रापालन व्यवसायबाट किसानहरुले मनग्य आम्दानी गर्दै आइरहेका छन् । बाख्रापालनमा व्यवसायिकता बढेसँगै मासुमा आत्मनिर्भर हुनुका साथै निर्यात समेत हुँदै आइरहेको उनले बताए । अन्य व्यवसाय भन्दा थोरै लगानी र परिश्रमबाट मनग्य आम्दानी गर्न सकिने भएपनि पछिल्लो समय बाख्रापालन प्रति किसानहरुमो मोह बढ्दै गएको उनको भनाई छ । 

सल्यानको खसीबोका काठमाण्डौ, पोखरा, धनगढी लगायतका प्रमुख शहरहरुमा बढी माग हुने गर्दछ । सल्यानको खसीबोका  भनेपछि अन्य जिल्लाको तुलनामा व्यापारीहरुले बढी मूल्य हाल्ने गरेको प्रमुख उपाध्यायको भनाई छ । उनले भने जिल्लामा बाख्रा जंगलमा चराउन लैजाने चलन । जंगलमा घाँससँग सँग्र जडिबुटी पनि खाने भएकाले निरोगी, स्वास्थ र खानका लागि पनि राम्रो हुने भएकाले व्यापारीहरुले सल्यानका खसीबोका भने पछि अन्य जिल्लाको भन्दा केही बढी मूल्यमा किन्ने गरेको पाइन्छ । 

व्यवसायिक बाख्रापालनका लागि कृषकहरुलाई आकर्षित गर्न कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । बाख्रापालनलाई प्रवद्र्धन गर्न उन्नत जातका बाख्रा, बोका वितरण, संक्रामक रोग विरुद्ध निःशुलक खोप, सेवा, कृत्रिम गर्भाधान सेवा, खोर सुधार, उन्नत जातको घाँस विऊ वितरण लगायतका कार्यक्रम गर्दै आइरहेको उपाध्यायले बताए । जिल्लाकाट कपुरकोट, सल्लीबजार, कालीमाटी रामपुर लगायतका नाकाबाट खसीबोका निकासी हुने गर्दछ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top