होमपेज / समाज
सल्यान स् स्थानीय सरकारले प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिन थालेपछि सल्यानमा व्यवसायिक पशुपालक किसानहरुको आकर्षण बढेको छ।
जिल्लाको त्रिवेणी गाउँपालिकाले महिनामा दुई सय लिटर दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिन थालेपछि किसानले दूध उत्पादन बढाउँदै गएका छन्।
किसानहरुलाई पशुपालनतर्फ आकर्षित गर्न प्रतिलिटर दूधमा पाँच रुपैयाँ अनुदान प्रदान गर्दै आइरहेको त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले जानकारी दिए। ‘कृषकको उत्पादन गाउँपालिकाको अनुदान’ कार्यक्रम अन्तरगत किसानलाई अनुदान दिइरहेको उनले बताए। उनले भने,‘एकातिर दूधको उचित मूल्य तथा अनुदान पाइने र अर्कोतिर उत्पादित दूधको बजारीकरणको समस्या नभएपछि किसानमा आकर्षण थप बढ्दै गएको छ।’
गत आर्थिक वर्षमा २३ जना किसानलाई २ लाख ५६ हजार २ सय ९५ रुपैयाँ अनुदान स्वरुप प्रदान गरिएको रावतले जानकारी दिए। मासिक दुई सय लिटर दूध बिक्री गर्ने किसानहरुलाई अनुदान दिएको उनले सुनाए। चालु आर्थिक वर्षको लागि तथ्यांक संकलन गर्ने काम भइरहेको उनले जानकारी दिए।
दूधमा अनुदान पाउँदा निकै खुशी लागेको खड्का भैसी फर्म त्रिवेणी गाउँपालिकाका–१ रिखेबजारका खड्क बहादुर खड्काले बताए। गत आर्थिक वर्ष गाउँपालिकाबाट ३० हजार रुपैयाँ पाएको उनको जानकारी दिए।
आगामी आर्थिक वर्षदेखि कर्णाली प्रदेश सरकार र सल्यानका १० वटै स्थानीय तहले अनुदान उपलब्ध गराउने पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले बताए। उनकाअनुसार आउँदो वर्षदेखि कर्णाली प्रदेश सरकारले प्रतिलिटर तीन रुपैयाँ र स्थानीय तहहरुले २ रुपैयाँ दिनेगरी कार्ययोजना बनाउन मन्त्रालयले परिपत्र गरेको उनको भनाई छ।





.jpg)