होमपेज / समाज
दिपक शर्मा फागुन २१, सल्यान
कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि सल्यानमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।
भाइरसको सङ्क्रमण विभिन्न देशमा फैलिदै गएपछि उक्त भाइरसको सङ्क्रमणबाट बच्न सल्यानको शारदा नगरपालिकाले सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो ।
शारदा नगरपालिका भित्रका १५ वटा आधारभुत स्वास्थ्य केन्द्रले पालिका भित्रका ७१ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको शारदा नगरपालिकाले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण भएपछि मानिसको मृत्यु हुने दर निकै कम भएकाले त्यति आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँदै कोरोना भाइरसबारे सचेत रहन र रुघा तथा ज्वरो आए चिकित्सक कहाँ गएर परामर्श लिन स्वास्थ्य शाखाका रविन विष्टले बताए । छिमेकी मुलुक चीनमा महामारीकै रुपमा फैलिएको नोबल कोरोना भाइरसबाट वच्न सचेतता अपनाउन गरिने विधि तथा लक्षणका बारेमा जानकारी गराइने बताए । उनले कोरोना भाइरसको संक्रमणबाट वच्ने उपायहरुका बारेमा विद्यार्थीहरु तथा समुदायलाई जानकारी गराइने बताए ।
सामान्य रुघा खोकी लाग्दा पनि कोरोनाको शंका गर्ने तथा सर्वसाधारण बढी आतंकीत भएको पाए पछि सचेतनामुलक कार्यक्रम सञ्चान गरिएको नगरप्रमुख सुरेश अधिकारीले बताए । उनले भने सामाजिक विकास समितिको निर्णय अनुसार स्वास्थ्य शाखाले वडाका सम्पूर्ण विद्यालय र गाउँघरमा कोरोनाका बारेमा जानकारी गराइने छ ।





.jpg)