होमपेज / समाज
दीपक शर्मा वैशाख २९,सल्यान
सल्यानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएर आइसोलेशनमा रहेकाहरुलाई आयुर्वेदिक औषधि दिन थालिएको छ ।
जिल्ला अस्पताल सल्यानको आइसोलेशनमा रहेका संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्यत गर्ने आयुर्वेदिक औषधि दिन थालिएको हो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको निर्देशिका अनुसार जिल्ला स्वास्थ्य सेवा कार्यालय, आयुर्वेद शाखाले उपचाररत रहेकै स्थानमा पुगेर संक्रमितहरुलाई विभिन्न प्रकारका रोग प्रतिरोधात्मक औषधि प्रदान गरेको हो ।
जिल्ला अस्पतालको आइसोलेशनमा उपचार गराई रहेका २४ संक्रमितलाई औषधि प्रदान गरिएको आयुर्वेद शाखाका बालकृष्ण गिरीले जानकारी दिए । उनले भने रोग प्रतिरोधात्मक औषधिहरु तथा लक्ष्यणिक उपचारमा प्रयो हुने विभिन्न किसिमका आयुर्वेद औषधिहरुको प्रयोग सुरु गरिएको छ ।
होम आइसुलेसनमा भएका बिरामीहरु तथा शंकास्पद बिरामी र अन्य सेवाग्राहीहरुलाई भने कार्यालयबाट प्रदान भइरहेको उनको भनाई छ । औषधि वितरणका साथै कार्यालयबाट योग, ध्यायन, मेरिटसन लगायतका रोग प्रतिरोधात्मक उपायहरु र कोभिड रोकथाम तथा नियन्त्रण सम्बन्धि परामर्श सेवा समेत दिइरहेको गिरीले बताए ।
उनका अनुसार संक्रमितलाई गुडुची चुर्ण, च्वयनप्रास, अश्वगन्धा चुर्ण, यष्ठमधु चुर्ण, जडिबुटी चिया लगायतका आयुर्वेद औषधी दिइएको छ । सबै औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरमा विभिन्न खाले भाइरसको असर कम गर्दै लैजाने गिरीले बताए ।
यस्तै शाखाले औषधिका साथै मनोसामाजिक परामर्श समेत दिइएको जनाएको छ । संक्रमितहरुलाई सकारात्मक भावनाको विकास हुने खालका परामर्श दिएको गिरीको भनाई । आयुर्वेद औषधी र परामर्शका लागि होम आइसोलेशन र अन्य संस्थात आइसोलेसनमा रहेका संक्रमितहरुको पोजेटिभ रिर्पोटका साथ स्वास्थ्य सेवा कार्यालय, आयुर्वेद शाखामा सम्पर्क गर्न समेत शाखाले आग्रह गरेको छ ।





.jpg)