होमपेज / समाज
हिमाल शर्मा वैशाख २१,सल्यान
सल्यान अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन नहुँदा समस्या भएपछि कर्णाली प्रदेश सरकारले ११ वटा अक्सीजन सिलिन्डर पठाएको छ ।
अस्पतालमा आएका बिरामीलाई अक्सिजन पुयाउन कर्णाली प्रदेश सरकारले अक्सिजन सहितको सिलिन्डर पठाएको हो । तत्कालका लागि ११ वटा सिलिन्डरको व्यवस्था गरी पठाइएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले जानकारी दिए । छिट्टै भेन्टिलेर सहितको आइसियु निर्माण, अक्सीजन प्लान्ट जडान लागायतका काम सुरु गरिने उनको भनाई छ ।
कर्णाली प्रदेशका पुर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता प्रकाश ज्वालाको पहलमा जिल्लामा अक्सिजन सिलिन्डर पठाउने व्यवस्था मिलाइएको हो ।





.jpg)