ट्रेण्डिङ

होमपेज / समाज

रेडियो शारदा एफ.एम. सल्यान १३ औ बर्षमा प्रवेश

पत्रकारहरु सम्मानित 

  साबित्रा बस्नेत २०७७ फाल्गुण १२ गते बुधबार १८:५०:१२ मा प्रकाशित

साबित्रा बस्नेत फागुन १२, सल्यान । 
ग्रामिण विकास सञ्चार केन्द्रद्धारा सञ्चालित सामुदायिक रेडियो शारदा एफ.एम. ९९ थोप्लो २ मेगार्हजले आफ्नो १२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा रेडियोले दिगो बिकासमा सामुदायिक रेडियोको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना  गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले रेडियोले ग्रामिण स्तरका समुदाय तथा आवाज विहिनहरुको आवाजलाई बाहिर ल्याउनमा महत्वपुर्ण  भूमिका खेलेको बताएका छन् ।  समाजका पछाडी परेका समुदायको आवाजलाई बुलुन्द गर्नको लागी रेडियोले न्यायको पक्षमा काम गरिरहेको  बताएका छन ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर बिष्टले नागरिक र राज्य विचको पुलको रुपमा सामुदायिक रेडियोले  भूमिका खेल्दै आएको बताए । रेडियोको सहज पहुँच समुदायमा भएकाले जीवन उपयोगी रुचिकर विषयमा उत्पादन र प्रशारणमा ध्यान दिनु पर्ने उनको भनाई छ  । राज्यको पुर्नसंरचना संगै तिन तहका सरकार वने पनि आवश्यक समन्वय सहकार्य हुन नसकको र मिडियामैत्री  हुन नसकेको विष्टको भनाई छ  । 

कार्यक्रममा छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले स्थानीय स्तरमै सरकार आएपनि सञ्चार माध्यामको दिगो विकास र सवलीकरण गर्न नसकिएको बताए । सिमित श्रोत र साधनको विचमा जिल्लामा सञ्चालित रेडियोले खेलेको भूमिका प्रसंसा गर्न लायक रहेको उनको भनाई छ   । 

सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशका अध्यक्ष रमेश गौतमले  ग्रामिण क्षेत्रमा मात्र नभएर  शहरमा पनि सामुदायिक रेडियोको महत्वपुर्ण भूमिका रहेको वताए।  जिल्लाको विकासका लागि सरकार र अन्य निकाय संग सहकार्य गरेर सल्यानका सञ्चार माध्यमले काम गरिरहेकाले स्थानीय सरकारले सञ्चार माध्यको विकासमा साझेदारी गर्नु पर्ने बताए  । 
यस्तै जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारीले रेडियोले दुरदराजका कुरालाई बाहिर ल्याउन सहयोग पु¥याएको बताए। सरकारले गरेका काम कारवाहीलाई मिडियाले बढि ध्यान दिनुपर्ने र समाजमा लुकेर रहेका विषयलाई उठान गर्नु पर्ने बताए  ।

पत्रकारहरु सम्मानित 

यसैबिच वार्षिककोत्सवको अवसरमा रेडियोमा कार्यरत उत्कृष्ट कर्मचारी, उत्कृष्ट समाचारदाता र पूर्व कर्मचारी पत्रकारहरुलाई सम्मान गरेको  छ ।

उत्कृष्ट समाचारदाताको रुपमा इन्द्र बहादुर बुढाथोकी,  उत्कष्ट कर्मचारीमा सरिता चलाउनेलाई सम्मान गरिएको छ । यस्तै पुर्व कर्मचारीहरु डिल्लीराज रावत, प्रगति कुमारी गिरी, दिपसागर भण्डारी, योगराज वि.क, विरेन्द्र डिसी, मनोजबाबु मनोहर, चन्द्रकला बुढाथोकी, प्रविण भण्डारी, शिव डाँगगी लगायतलाई सम्मान गरिएको छ । । रेडियोमा कार्यरत रहदा महत्वपूर्ण कार्य गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको छ । 

२०६५ साल फागुन १२ गते बाट प्रशारणमा आएको रेडियो शारदाले नागरिकहरुका आवाज बिहिनका आवाजहरुलाई समेटनुका साथै सत्य तथ्य सुचना र समाचारलाई प्रशारण गर्दै आएको रेडियोका स्टेशन म्यानेजर प्रतीक इच्छुक शर्माले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top