होमपेज / समाज
हिमाल शर्मा माघ १७,सल्यान
सल्यान खबर डटकमका सम्पादक दीपक शर्मा अजिता पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । शनिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको ५ औं साधारण सभामा शर्मा सम्मानित भएका हुन ।
विकास पत्रकारिता, खोजमुलक, तथा महिला बालबालिकासँग सम्बन्धित रिर्पोटिङ गर्दै आएका महर्जनलाई पत्रकार महासंघ सल्यानले नगद र प्रमाण पत्र सहित सम्मान गरेको हो । शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले दिवंगत छोरी अजिताको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका थिए ।
पुरस्कारका लागि अजित पत्रकारिता पुरस्कारका लागि ५० हजारको अक्षयकोष स्थापना गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा जानकारी गराए ।
यसका साथै नयाँ पत्रिका सल्यान संवाददाता मिना बुढाथोकी हरिसरण संस्थापक पत्रकारिता र कान्तिपुर दैनिकका संवाददाता विप्लव महर्जन शालिकराम शर्मा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका उनको भनाई छ ।