ट्रेण्डिङ

होमपेज / समाज

३५ वर्षदेखि लालपुर्जा विहिन

  दिपक शर्मा २०७६ फाल्गुण १६ गते शुक्रबार १५:३८:२४ मा प्रकाशित

दिपक शर्मा १६ फागुन , सल्यान 
    तत्कालिन सुकुम्बासी समस्या समाधान आयोगले जग्गा उपलब्ध गराएको ३५ बर्ष भैसक्दा समेत सल्यानका पाँंच सय भन्दा बढि विपन्न परिवारले अझै लालपूर्जा पाउन सकेका छैनन् । वि.स२०३८ र ०५४ सालमा आयोगले सुकुम्बासीलाई ५ देखि १० मिटर जग्गादिए पनि अहिलेसम्म पुर्जा पाउन नसक्दा उनीहरुलाई उठिबासको त्रासदेखि सरकारी सेवा सुविधामा सास्ती भोग्नुपरेको छ । 
सुकुम्बासी समस्या समाधान आयोगले २०५४ सालमा पा“च मिटर चौडाई र १० मिटर लम्बाईभएको जग्गादिएको दिएको भएपनि लालपुर्जा नपाएको छत्रेश्वरी गाउपालिका ६ लान्तिका गणेश भारतीले बताए । उनले जग्गामा घर बनाई बसिरहेका छन् । लालपूर्जाका लागि आयोगको शाखा कार्यालयमा दुई बर्ष अघि निवेदन दिएकाको भएपनि  अहिलेसम्म लालपुर्जा पाउने सुरसारै नभएको भारतीको भनाई छ ।  

लान्तीकै भुवन बादीले पनि मजदुरी गरेर जम्मापारेको पैसाले घर बनाए । तर सरकारले ०५४ मा तुरन्तै लालपुर्जा दिनेभने पनि अहिलेसम्म आफ्नै घरजग्गा भएको महसुस गर्न नपाएको बताए  । लान्तीमा जग्गापाएका २ सय परिवार मध्ये २५ जनासंग मात्र लालपुर्जा  छ । बांकीलाई कतै उठिबास हुन्छ किभन्ने चिन्ता छ  । 
 सुकुम्वासी आयोगले संकलन गरेका फाइल मालपोतमा थन्किएको मालपोत कार्यालयले जनाएको छ ।  सुकुम्बासी आयोगको निर्णयले कार्यकारी हुने मालपोत कार्यालयका हुर्मत बहादुर हमालले बताए । 
तर तीनदशक भन्दाअघि सरकारी निकायले नै दिएको जग्गाको लालपुर्जा नहु“दा बैकिंङ कारोवार गर्न नपाएका सल्यानका सुकुम्बासीलाई चिन्तित र त्रसित समेत बनाएको छ ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top