होमपेज / समाज
हिमाल शर्मा मंसिर २८,सल्यान
सल्यानको जैतपानीमा पहिलो पटक खानेपानी आउँदा स्थानीयमा खुसियाली छाएको छ ।
कर्णाली प्रदेश सरकारको ६८ लाख र स्थानीयको १० लाखको श्रमदान गरि ७८ लाखमा खानेपानी योजना सम्पन्न भएको हो । खानेपानी उद्घाटन गर्दै कर्र्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले खानेपानी आधारभुत आवश्यकता भएको बताउँदै यस तर्फ सबैको ध्यान पुग्न आवश्यक रहेको बताए ।शुद्ध खानेपानीबाट कोही पनि वन्चित हुन नहुने बताउँदै उनले भने,पानी नभए बस्ती हुँदैन, बस्ती नभए अरुकेही पनि नहुने भएकाले आधारभुत आवश्यकता पुरा गर्न तिनै तहका सरकारको ध्यान पुग्न जरूरी छ।
स्थानीयको अथक मेहनतले समेत यस योजनालाई सपmल बनाउन ठुलो योगदान पुर्याएको बताउँदै उनले भने,आवश्यकताका योजनामा उपभोक्ताको सक्रिय सहभागिता जनाएर योजना सफल बनाउने सबैलाइ बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।
यस योजना सम्पन्न गर्न प्रदेश सरकारबाट ६७ लाख रकम विनियोजन भएको थियो भने स्तानीयले करिब १० लाख बराबरको श्रमदान थिए ।
खानेपानीको सहज आपुर्ती भएपछि स्थानीय उपभोक्ता धुर्व नेपाालीले खुशी हुँदै भने तलबाट माथि आएर यसरी पानिको धारा छर्किन्छ भनेर सोचेका पनि थियनौ,यसका लागि पहल गर्दिने अर्थ मन्त्री लाई धन्यवाद ।
केही समय अघि प्रदेश सरकार संग गरेको अपेक्षा आज पुरा भएको बताउँदै अर्का उपभोक्ता लोकेन्द बहादुर बुढाथोकीले जयतपानि बजारमा कतैबाट खानेपानि आउला भनेर सपना समेत नदेखेको ठाउँमा आज खानेपानी आएपछि स्थानीयलाइ सहज हुने भयो । दिउँसो मात्रै नभइ रातको समयमा समेत पानी बोक्नु पर्ने अवस्थाको अन्त्य भएको उनको भनाई छ।
दिपक कुमार यरी हाम्रा पुर्खा कसैफे पनि कल्पना नगरेको स्थानमा समेत लिफ्ट सिस्टमबाट प्रदेश सरकारले गरेको कामको प्रशंसा गरे ।राति ४ बजेर उठेर गाग्री बोक्ने र व्यापारिले व्यवसाय बन्द गरेर पानी बोक्ने कामको अन्त्य भएको बताउँदै प्रदेश सरकारलाइ धन्यवाद व्यक्त गरे ।
उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर डाँगीले डेढ वर्ष अघिदेखि शुरुवात गरेको काम समयमै सम्पन्न गर्न सफल भएको बताए। बजारलाइ लक्षित गरि शुरुवात गरेको यस खानेपानीका धारा अहिले टोल टोलमा निर्माण गरिएको उनको भनाई छ । यस योजनाबाट यहाँका ८२ घरधुरी लाभान्वित भएका छन् ।





.jpg)